
काठमाडौं। मुलकभर ७२.५ प्रतिशत धान रोपाई भएको छ। बिहीबारसम्ममा मुलुकभर उक्त परिमाणमा धान रोपाई भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलयले जनाएको छ।
मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ११ लाख १८ हजार ६२६ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकिएको छ।
रोपाई भएको मध्ये सबैभन्दा बढी नेपालको उच्च पहाडमा ७४।९१ प्रतिशत धान रोपिएको छ। जहाँ ५८ हजार १५८ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा अहिलेसम्ममा ४३ हजार ५६९ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।
त्यसपछि मध्य पहाडमा ७३.२६ प्रतिशत धान रोपिएको छ। ३ लाख ९९ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा २ लाख ९२ हजार ७९६ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।
मुलुकको सबैभन्दा बढी धान रोपाइ हुने क्षेत्रफल तराईमा ७१.४६ प्रतिशत धान रापिएको छ। १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ७ लाख ८२ हजार २६२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ।