समाचार

कुस्माबजारमा अत्याधुनिक बधशाखा सञ्चालन

पर्वत। कुस्माबजारमा ठूला पशु चौपाय बध गर्ने अत्याधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । कुस्मामा झण्डै रु एक करोडको लगानीमा बसेल पशु बधशाला सञ्चालनमा आएको छ । अत्याधुनिक ढंगले पशुको बध गर्ने र स्वस्थकर मासु वितरण गर्न सञ्चालनमा आएको सो बधशाला प्रदेश नं ४ कै पहिलो बधशाला हो । कुस्माबजारमा रुखका स्याउलामा पशुको बध गर्ने […]

सुक्खा सहने धानको बीउ सिफारिश गर्दै नार्क

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद्९नार्क० ले सुक्खा सहन सक्ने गुण भएको धानको बीउ किसानका लागि सिफारिश गर्ने भएको छ । जलवायु परिवर्तनको असर धान बालीमा प्रत्यक्ष देखिन थालेपछि नार्कले प्रतिकूल मौसममा समेत उत्पादन दिनसक्ने बीउ अध्ययन गरेर बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा पठाउने तयारी गरेको बाली विज्ञान महाशाखाले जनाएको छ । एउटा धानको बीउ नार्कले सिफारिश […]

गर्मीमा उपयोगी ६ तरकारी

एजेन्सी। गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु […]

एटीएममा छिरेर ‘मुसाले काटे लाखौँ रुपैयाँ

एजेन्सी। भारतको पूर्वोत्तर राज्य आसाममा एउटा एटीएम बिग्रेपछि जाँच गर्न प्राविधिकहरू खटाइए। उक्त एटीएम खोलेपछि उनीहरू छक्क परे। किनभने भारु १२ लाखभन्दा बढी मूल्यका नोटहरू काटिएको अवस्थामा भेटिए। तीनसुकिया जिल्लास्थित स्टेट ब्याङ्क अफ इन्डियाको सो एटीएममा पाँच सय र दुई हजार दरका ती नोटहरू मुसाले काटेको शङ्का गरिएको छ। हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार तार लैजान […]

उदयपुरमा धान रोपाइँ शुरु

गाईघाट। यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान […]

लिची ठेक्कामा अनियमितता

नुवाकोट। उष्ण प्रदेशीय बागवानी विकास केन्द्रले लिचीको ठेक्का बोलकबोल नगरी मिलेमतोमा ठेक्का दिएको आरोप लगाएको छ । बागवानी केन्द्रले झापाका लिची ठेकेदार ललितबहादुर क्षेत्रीलाई ठेक्का दिएको बागवानी विकास केन्द्र प्रमुख रवीन्द्रकाजी थापाले बताए । ‘अरुले पनि फाराम लगेका थिए,’ उनले भने,‘गतवर्ष पनि उनैले ठेक्का लिएका थिए । उहाँको मात्र पऱ्यो ।’ बागवानी विकास केन्द्रले गत […]

लिने हैन अनुदान !

विराटनगर। प्रदेश नं १ को सरकारले कृषि, पर्यटन, सिँचाइ, सडक र जलविद्युत् क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोजन गरेको छ । यस प्रदेशको कूल गार्हस्थ उत्पादन रु ५२ अर्ब, ५० करोड ९४ लाख रहेको छ । कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ४८ दशमलव ४ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षको बजेटमा कृषि […]

हाटबजार बन्द गर्ने तयारी

विराटनगर। विराटनगर महानगरपालिकाभित्रका साप्ताहिक हाटबजार साउन महिनादेखि बन्द गर्ने महानगरपालिकाले तयारी गरेको छ । महानगरपालिका भित्रका फुटपाथ र हाटबजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर आयोजित कार्यक्रममा बोल्दै विराटनगरको सौन्दर्यता कायम राख्न अब महानगरपालिकाले हाटबजारलाई बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताउनुभयो । दाहालले यही आर्थिक वर्षदेखि हाटबजार कर शिर्षक पनि हटाएको बताउदै […]

फलफूल उद्योगमा ४ अर्ब चिनियाँ लगानी आउने

ललितपुर। नेपालमा फलफूल उत्पादन र प्रसोधन उद्योगमा चिनियाँ लगानीकर्ताले ४ अर्ब बढी लगानी गर्ने भएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्ती केपी शर्मा वलीसँगै गएका नेपाल उद्योग वाणिज्य महासंघसँग चिनियाँ लगानीकर्ताले नेपालमा ४ अर्ब ६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच […]

विदेशमा रहेका नेपालीलाई वैदेशिक रोजगार बचतपत्र खुल्यो

ललितपुर। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा कार्यरत कामदारको परिवारलाई आर्थिक रूपले सम्पन्न बनाउने उद्देश्यले निष्कासन गरिएको यस वैदेशिक रोजगार बचतपत्रको ब्याज हरेक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । यसैगरी यस बचतपत्रको समयावधि पाँचवर्षे रहेको छ […]