ललितपुर। आज बेलुकीदेखि ठूवो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् ।
नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो ।
शुक्रबार त्यो रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकीदेखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यसकै प्रभावले अहिले देशभरी कै मौसम बदली भई केहि ठाउँमा पानी परिरहेको छ ।
आज देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान छ । पश्चिमको एकदुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने उहाँले बताउनुभयो । आइतबारसम्मै केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गर्नुभयो ।
अबको तीन दिन देशभरी नै पानी पर्दा धेरै नदीमा बाढीको जोखिम छ । साना ठूला सबै नदीमा बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सावधानी तथा पूर्व तयारी गर्न बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।