धादिङ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर -५ मा मिसन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनको संयोजकत्वमा सञ्चालन गरिएको थियो ।
मिसन भ्रमणमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, प्रविधिको प्रयोग तथा स्थानीय कृषकहरूको समस्या र सम्भावनाबारे स्थलगत अवलोकन तथा छलफल गरिएको आयोजकले जनाएको छ । साथै, कृषकहरुको आयस्तर वृद्धि र कृषि उत्पादनलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन आवश्यक सुझाव तथा अनुभव आदानप्रदानसमेत गरिएको थियो ।









