
पाँचथर। भारत निकासि ठप्प रहेको गोलभेँडा निकासि सुरु भएको छ । भारतीय पक्षले निकासि हुने सूचिमा गोलभेडा नपरेको भन्दै रोकेपछि लामो समय देखि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेडाको विक्रि वितरण प्रभावित बनेको थियो ।
संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासि सुरु भएको प्रदेश १ मा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
तत्काललाई किसानले फलाएको गोलभेँडा विक्रि गर्नका लागि नाकाबाट निकासी हुने प्रबन्ध मिलाईएको मन्त्रालयले जानकारी गराएको छ । गोलभेँडा निकासि सहज बनाउन सूचिमा समावेस गरी वाणिज्य मन्त्रालयको सहसचिवको नेतृत्वमा समिति गठन गरि काम अघि बढीसकेको मन्त्रालयले जनाएको छ ।
निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा वृद्धि हुनुका साथै व्यापार बढेको स्थानीय कृषक बताउँछन् । भारत निकासि रोकिंदा अधिकांश किसानको गोलभेंडा बारीमै कुहिहेको थियो ।
निकासी रोकिएपछि निराश बनेका किसान गोलभेँडा भारत जाने खवरले उतसाहित बनेका छन् । व्यवसायीक खेती हुने जिल्लाको याङवरक, हिहिहाङ गाँउपालिकाका किसानहरुको बगानबाट यो बर्ष १३ करोड भन्दा बढिको गोलभेंडा बिक्रि हुने अनुमान गरिएको छ ।