समाचार

प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात

काठमाडौँ । कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार राजधानीमा आयोजित कृषि वैज्ञानिकको राष्ट्रिय भेलामा जल, जमीन र जनशक्ति पर्याप्त भए पनि कृषिको परनिर्भरता बढेको भन्दै चिन्ता व्यक्त गरे । नजिकै रहेका कृषिराज्यमन्त्री रामकुमारी चौधरीले उपराष्ट्रपति नन्दबहादुर पुनको विचार ध्यानपूर्वक सुने । त्यहाँ मन्त्रीको प्रशंसा त […]

सक्रिय गाईपालक कृषकलाई प्रोत्साहन स्वरुप बीस हजार दिइने

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गाईपालक कृषकले प्रोत्साहनस्वप २० हजार पाउने भएका छन् । आफ्नो गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईपालक कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कम्तीमा दुई वटा गाई पालेका कृषकलाई गोठ सुधारका लागि १५ हजार र दानापानीका लागि पाँच हजार गरी २० हजार नगदै प्रोत्साहनस्वप दिने कार्यविधि बनाइएको गाउँपालिका […]

आगामी वर्षलाई कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई व्यावसायिक कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने नीति सार्वजनिक गरेको छ । शुक्रबारबाट शुरु भएको तेस्रो नगरसभामा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो नीति सार्वजनिक गरिएको हो । छ सय बिगाह क्षेत्रफलमा व्यावसायिक फलफूल बगैँचा निर्माण, थप ५०० बिगाहमा व्यावसायिक तथा बेमौसमी तरकारीखेती उत्पादन, […]

वन क्षेत्रबाट पाँच हजार रोजगारी सिर्जना गरिने

विराटनगर। प्रदेश नं. १ को सरकारले उपलब्ध वन क्षेत्रबाट पाँच हजार जनाका निम्ति रोजगारी सिर्जना गर्ने नीति लिएको छ । प्रदेश नं. १ को कूल गार्हस्थ उत्पादनमा सार्थक योगदान दिनसक्ने देखिएकाले रोजगारी सिर्जना गर्नका लागि ‘एक पालिका एक फर्निचर उद्यम’ तथा ‘एक उपभोगता समूह एक वन उद्यम’ को स्थापना गर्न आगामी आवदेखि नै कार्यान्वयन गर्ने […]

नेपालमै स्थापना हुने भयो कृषिसम्बन्धी डिम्ड विश्व विद्यालय

काठमाडौं। नेपालमा अन्तर्राष्ट्रियस्तरको कृषि विश्व विद्यालय स्थापना गर्ने विषयमा भारतले सहमति जनाएको छ। नेपालको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल र भारतीय कृषि मन्त्री राधामोहन सिंहबीच बुधबार नयाँ दिल्लीमा कृषिसम्बन्धी सात बुँदे सहमति भएको छ। नेपालको कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत डिम्ड विश्वविद्यालय स्थापना गर्ने विषयमा भारतीय कृषि मन्त्री सिंहले सहमति जनाएका हुन्। […]

उपभोक्तलाई निःशुल्क बोका वितरण

कञ्चनपुर । कञ्चनपुरमा रहेको राष्ट्रिय प्रकृतिक संरक्षण कोषले निःशुल्क रुपमा उन्नत जातको नश्लको बोयर बोका वितरण गरेको छ । मध्यवर्ति क्षेत्रमा रहेका ६ समुहलाई राष्ट्रिय प्रकृतिक संरक्षण कोष र यु.एस.यफ.डव्लु.एस. को आर्थिक सहयोगमा १३ वटा बोयर प्रजातिको बोकाहरु त्रिपक्षीय सम्भौताको आधारमा गरीव बिपन वर्गका कृर्षकहरुलाई गोला प्रथाका आधारमा वितरण गरीएको हो । वितरण गरिएका १३ […]

कृषिलाई गौरबको पेशा बनाउनु पर्छ: उपराष्ट्रपति पुन

ललितपुर। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा दैनिक झण्डै ५० करोड कृषिजन्य वस्तु आयात भइरहेको बताएका छन् । ६६ प्रतिशत नागरिक कृषि पेशामा आवद्ध रहेपनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान खुम्चिदै गइरहेको उनले बताए । ८ औं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सुरु भएको छ मुलुकको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान वृद्धि […]

सस्तोमै जडीबुटी निर्यात हुँदा नेपाललाई घाटा

काठमाडौँ । नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । जडीबुटीको धनी नेपालमा जडीबुटीको प्रशोधन हुनसके प्रतिकिलो रु २० मा विदेश निर्यात हुने जडीबुटीबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्ने सम्भावना छ । त्यस्तै कर्णाली प्रदेशमा पाइने जेम्स स्टोन […]

भूमिहीनको लगत संकलन गरिँदै

दमक। झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले निवेदन दिएका छन् । दमकमा अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानका लागि गठित आयोगले ती दुईवटा वडामा लगत लिने काम सकिएको जनाएको छ । दमक– ३ र ८ बाट […]

डीडीसीको दूधमा सोडा

काठमाडौं। सरकारी स्वामित्वको दुुग्ध विकास संस्थान (डीडीसी) कै दूधमा खाने सोडा पाइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुुसार डीडीसीबाट संकलन गरिएका नमुनामा खाने सोडा प्रयोग भएको भेटिएको हो। गर्मीयाममा दूध फाट्नबाट जोगाउन प्रशोधनकर्ताले खाने सोडा प्रयोग गर्ने गरेका छन्। खाने सोडा दूधमा प्रयोग गर्न प्रतिबन्ध छ। ‘जाडोयाममा सोडा प्रयोग भएको कहिले […]