समाचार

चितवन केरा फँडानी प्रकरणः ६ जना कारागार चलान, १ अझै फरार

चितवन। पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले रु दुई लाख ५० हजार […]

उपत्यकाको तापक्रम एक्कसि बढ्यो

ललितपुर। काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम […]

३८ करोड अण्डा उत्पादन बढाउने सरकारी लक्ष्य

ललितपुर। सरकारले आगामी तीन वर्षमा साबिकको भन्दा ३८ करोड गोटा अण्डा उत्पादन बढाउने लक्ष्य लिएको छ । अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा बढ्दो माग धान्ने गरी उत्पादन बढाउन लागिएको हो । आगामी आर्थिक वर्ष ०७७/७८ सम्ममा एक अर्ब ८३ करोड अण्डा उत्पादन गर्ने राष्ट्रिय योजना आयोगको मध्यकालीन लक्ष्यमा छ । आयोगका अनुसार चालु आर्थिक वर्ष […]

सातवटै प्रदेशमा कृषि यान्त्रीकरण केन्द्र सञ्चालनमा आउने

ललितपुर। सरकारले सातवटै प्रदेशमा साना किसानका लागि कृषि यान्त्रीकरण केन्द्र ९कस्टम हायरिङ सेन्टर० स्थापना गर्ने तयारी गरेको छ । साना किसानलाई कृषि यन्त्रको प्रयोगमा प्रोत्साहन गर्न, उत्पादन लागत घटाउन र युवाहरूलाई कृषिक्षेत्रमा आकर्षित गर्न कस्टम हायरिङ सेन्टर स्थापना गर्न लागिएको कृषि मन्त्रालयका सचिव डा युवक ध्वज जीसीले बताए। जिसीका अनुसार सरकारले ठूला कृषि यन्त्रहरू आयात […]

पन्ध्र लाखसम्मको आयमा कृषकलाई कर छुट दिन माग

हेटौँडा। प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्नुभयो । उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले प्रदेशमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक रु १५ लाखसम्मको आय गर्दा कर छुट दिनुपर्ने सुझाव दिनुभयो । […]

आंगिक क्याम्पस विस्तार गर्दै कृषि विश्वविद्यालय

चितवन। निजी शिक्षण संस्थालाई सम्बन्धन दिन खोज्दा चौतर्फी आलोचना व्यहोरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आंगिक क्याम्पस विस्तार गर्दै अघि बढेको छ । हालसम्म चार ठाउँमा आंगिक क्याम्पस सञ्चालन भइरहेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार आउँदो शैक्षिकसत्रका लागि महोत्तरीको बर्दिवासमा कृषि स्नातक र उदयपुरको कटारीमा वनमा स्नातक पढाइ सञ्चालन गरिने भएको […]

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री गरेका छन् । रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा किसानले विकको […]

कालिमाटी बजारको विकल्प खोजी

ललितपुर। सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारको विकल्पको खोजी गर्ने भएको छ । अव्यवस्थित स्टल, किसानदेखि उपभोक्तासम्म पुग्दा मूल्यमा हुने विचौलियाको चलखेल, गुणस्तरहीन कृषिजन्य वस्तुको विक्री, सीमित तरकारी सङ्कलन केन्द्र लगायतका समस्याका कारण कालिमाटी बजारको विकल्प खोजिने भएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कालिमाटी बजारमा […]

जलस्रोत नीति मस्यौदा तयार, अब होला त पानीको सही उपयोग ?

काठमाडौँ । नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ । संविधानले निर्दिष्ट गरेका अधिकारलाई कार्यान्वयन गर्न पहिलो पटक जलस्रोतको नयाँ नीति मस्यौदा भएको हो । नदीका बेसिन योजनाले जलविद्युत्, सिँचाइ अन्य प्रयोजनका लागि के–कति कुन तरिकाबाट पानीको उपयोग गर्न सकिन्छ भन्ने स्पष्ट मार्गनिर्देश […]

एकीकृत कृषि बजार केन्द्र स्थापना हुँदै

बुटवल। असार रुपन्देहीको सैनामैना र बुटवलमा एकीकृत कृषि बजार केन्द्र (अत्याधुनिक ग्रीनपार्क) स्थापना गरिने भएको छ । यहाँको कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिँदै किसानलाई उत्पादनमा प्रोत्साहन गर्नेगरी परियोजना निर्माण हुन लागेको हो । रुपन्देहीमा मुलुककै नमूना कृषि बजारको सम्भावना रहेको भन्दै संघीय सरकारले बुटवल उपमहानगरपालिका– १६ र सैनामैना नगरपालिका– १ […]