समाचार

रोल्पाको तरकारी बुटवलसम्म

रोल्पा। दक्षिण रोल्पाका किसान अहिले व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन् । परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेकाले यो पेशाप्रति उत्साह थपिएको किसानले बताएका छन् । खेतमा उत्पादन गरेको तरकारीको बिक्रीबाट वार्षिक रु तीन […]

कित्ताकाट फुकुवाको तयारीमा ओली सरकार

रुपन्देही। वर्षमा एक पटकमात्र जग्गाको कित्ताकाट गर्न पाउने अघिल्लो सरकारको निर्णय वर्तमान सरकारले खारेज गर्ने तयारी गरेको छ । कर्मचारीले घुस खाएर कित्ताकाट गरिरहेको र परिवारमा बिखण्डन आएको भन्दै सरकारले फुकुवाको तयारी गरेको हो । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कित्ताकाट फुकुवा गर्ने र उपयुक्त नीति बनाउने विषयमा प्रधानमन्त्री केपी […]

फोहोरबाट मोहर बनाउँदै महिला

लहान। सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ । बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक मल बनाउँदै आएका […]

कृषि विश्वविद्यालय रामपुरद्धारा आठ नीजि क्याम्पसलाई सम्बन्धन

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक बिएस सिएजी र एउटालाई वन स्नातक बिएससी फरेस्टी पढाउनका लागि […]

२६ जिल्लामा गरिब किसान परिचय पत्र वितरण सुरु

कपिलवस्तु। सरकारले गरिव किसानहरुका लागि वितरण गर्ने भनेको परिचय पत्र २६ जिल्लामा वितरण गर्न सुरु गरेको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका पुगेर गरिब किसानलाई परिचय पत्र वितरण गर्दै शुभारम्भ गरेका हुन । बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परिचय पत्र बितरण गर्ने मन्त्रालयले लक्ष्य लिएको […]

चामलको परनिर्भरता बढ्न सक्ने

काठमाडौँ। असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै एक करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् । नेपालमा धान रोपाइँ […]

पक्लिहवा कृषि क्याम्पस प्रशासनद्धारा बिद्यार्थीलाई क्याम्पस छोड्न उर्दि जारी

बुटवल। भैरहवामा रहेको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान (पक्लिहवा कृषि क्याम्पस)को गैर जिम्मेवार निर्णयको कारण बिद्यार्थीहरु मर्कामा परेका छन । क्याम्पस शुरु भएको पहिलो दिनमा नै क्याम्पस प्रशासनले सबै बिद्यार्थीहरुलाई क्याम्पस छोड्न उर्दि जारी गरेको छ । क्याम्पसको उर्दिको कारण बिद्यार्थीहरु मर्कामा त परेकै छैन उनिहरु असुरक्षित पनि उत्तिकै छन । अनेरास्ववियु र नेपाल बिद्यार्थी […]

केरामा थोपा सिँचाई प्रणाली जडान प्रभावकारी बन्दै

कञ्चनपुर। भीमदत्त नगरपालिका वडा नं. ३ नौलाखेतमा केरामा थोपा सिँचाई प्रणाली जडान गरिएको छ । केराको उत्पादन बढाउन नौलाखेतमा चार विगाहा आधुनिक प्रविधिबाट थोपा सिँचाई प्रणाली जडान गरिएको हो । भीनपाको कृषि विकास शाखाले नमूनाका रुपमा अघि बढाउन चालु आर्थिक वर्षमा नौलाखेबाट थोपा सिँचाई जडान गरेको छ । आगामी वर्ष यसलाई बढाउने लक्ष्य राखेर जडान […]

अर्ग्यानिक बोर्ड बनाएर अगाडी बढ्छौ :मन्त्री खनाल

ललितपुर। कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले जैविक कृषिको सम्भावना र अवसरलाई सम्वोधन गर्न सरकारले बोर्ड बनाएर अगाडी बढ्ने बताएका छन । जैविक कृषिको सम्भावना, अवसर चुनौती विषयक अन्र्तक्रिया कार्यक्रमका अवसरमा मन्त्री खनालले अहिले कृषि प्रणाली रसायन प्रयोग बढेको अवस्थामा त्यस्को न्युनीकरणका लागि अर्ग्यानिक कृषिलाइ महत्व दिने बताए । उनले त्यस्का लागि एउटा […]

मुलुकभर ४३ प्रतिशत रोपाइँ

काठमाडौं। मुलुकभर हालसम्म ४३ प्रतिशत रोपाई सकिएको छ । असार दोस्रो सातादेखि मनसुन सक्रिय हुँदै गएपछि असार तेस्रो साता लाग्दा भन्डै आधा रोपाई सकिएको कृषि विकास मन्त्रालयले जानकारी दिइएको छ । कुल खेतीयोग्य जमिनको १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमा मात्रै बर्षे धान रोपाई भएको हो । पूर्वाञ्चल क्षेत्रमा २५ प्रतिशत, पश्चिमाञ्चलमा ५४ […]