समाचार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु

पाल्पा । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । बगनासकाली […]

दूधमा अनुदान दिन शुरु

चितवन। भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ । महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध […]

संविधानको धारा टेकेर नै भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्छौ: मन्त्री खनाल

ललितपुर। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले फेरी नदोहोरिने गरी भूमिहिन र सुकुम्बासीहरुको समस्या समाधान गरिने बताएका छन् । आफ्नै कार्यकक्ष सिंहदरवारमा कास्की जिल्लाबाट आएका अखिल नेपाल सुकुम्बासी संघका प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले संविधानले नै एक पटकका लागि भूमिहिन र सुकुम्वासीलाई आवासको व्यवस्था गर्ने भनेकाले संविधानको त्यही धारामा टेकेर यो […]

धानको समर्थन मूल्य तोकियो

काठमाडौं । सरकारले आउँदो वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ । मुलुकमा उत्पादित धानको बजारीकरणसँगै किसानलाई उचित मूल्य प्रदान गर्नका लागि समर्थन मूल्य निर्धारण गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि भूमिव्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल खाद्य संस्थानका प्रतिनिधिबीच सोमबार भएको बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो । […]

कृषिको अनुदानमा भएको अनियमितता छानबिन गर्न समिति गठन

ललितपुर। सरकारले विभिन्न परियोजनामार्फत किसानलाई दिइरहेको अनुदानमा भइरहेको अनियमितताको छानबिन हुने भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अनियमितताको छानबिनका लागि सोमबार सहसचिव तेजबहादुर सुवेदीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा गंगादत्त आचार्य, नेत्र भण्डारी, लालकुमार श्रेष्ठ, विनोद भट्टराई, तिलक चौलागाईँ, नारायण काफ्ले, होमबहादुर विक, इन्द्रहरि पौडेल, सुजन ढुंगेल र अरुण जिसी सदस्य छन्। […]

मिनरल वाटर र जारको पनि अनुगमन गरिन्छ : मन्त्री मगर

काठमाडौँ। खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताउनुभएको छ । विनियोजन विधेयकमाथिको छलफलमा संसद सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले आधारभूत खानेपानीको पहुँच तीन वर्षभित्र पु¥याउने लक्ष्य किटान गरेर सरकारले कार्यक्रम अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, […]

कालिमाटीको तरकारी बजार मनोहराको सुकुम्बासी बस्तीमा !

काठमाडौँ। सरकारले कालीमाटी तरकारी बजार बन्द गरेर त्यसको विकल्पमा काठमाडौँ र भक्तपुरको सीमानदी मनोहराको किनारमा नयाँ तरकारी बजार खोल्नका लागि अध्ययन थालेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै कालिमाटी तरकारी बजार दलालहरुको हातमा रहेकाले मनोहरा खोलास्थित सुकुम्बासी बस्ती रहेको स्थानमा तरकारी बजार खोल्न अध्ययन थालिएको जानकारी […]

दूधमा कोलिफर्मको मात्रा १० सीएफयूसम्म मान्य गर्न विज्ञको सुझाव

ललितपुर। पछिल्लो समय मुलुकमा उत्पादन हुने दूधमा कोलिफर्म भेटिएको, सोडा, नून र युरियाजस्ता पदार्थको मिसावट गरिएको विषय चर्चामा आइरहँदा यसको समाधानका लागि नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घ (नेफोष्टा)ले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । राजधानीमा गरिएको कार्यक्रममा प्रति १० ग्राम दूधमा कोलिफर्मको मात्रा १० कोलोनी फर्मिङ यूनिट (सीएफयू) सम्मलाई मान्यता दिनेगरी ऐनको संशोधन हुनुपर्नेमा […]

सातै प्रदेशमा आधुनिक कृषि बजार निर्माण गरिने

काठमाडौं। कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाएर युवालाई सहभागी गराइने बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत कृषि मन्त्रालयमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले सातै प्रदेशमा आधुनिक कृषि बजार निर्माण गर्ने योजना अगाडि सारेको र नगदेबाली उत्पादनमा बजेटले जोड दिएको उल्लेख गरेका छन् । […]

फड्को मार्दै तरकारीखेती

ललितपुर। एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ । तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको […]