समाचार

खोटाङको दिक्तेलमा कृषि प्रदर्शनी मेला शुरु

खोटाङ। सदरमुकाम दिक्तेलमा वृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ । जिल्लाका कृषकलाई पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवसको अवसर पारेर दुई दिने प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न जिल्लामा विसं २०६५ सालदेखि सञ्चालन हुँदै आएको वृहत कृषि मेला एवं औद्योगिक […]

नेपालमा पहिलो पटक कालिज व्यवसाय सञ्‍चालन

काठमाडौँ। नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु गरिएको छ।काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु गरेको हो। प्रालिका अध्यक्ष सुशील भट्टराईले चार हजार २०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए।फ्रान्सबाट कालिजको अण्डा ल्याई यहाँ ह्याचरी गरी कालिज पाल्न थालिएको बताउँदै उहाँले फ्रान्सबाट […]

उखु किसानको कुराले संसद तात्यो

ललितपुर। सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गर्नुभयो । उहाँले […]

अनुदानको रकम भत्ता र भ्रमणमा

गौर। रौतहटका किसानहरुका लागी आएको अनुदान रकम दुरुपयोग भएको छ । प्रदेश सरकारले किसानहरुको लागि अनुदान मूल्यमा गहुको विउ खरीद गरी वितरण गर्न दिएको ७८ लाख ५० हजार रुपैया जिल्ला कृषि ज्ञान केन्द्र रौतहटले भत्ता र अनुगमनमा खर्च गरेको पाइएको छ । प्रदेश सरकारको २०७५/८/७ गतेको निर्णय अनुसार दिएको दोस्रो चौमासिक रकम अन्तर्गतको ७८ लाख ५० […]

किसानको बजेट किसानालई नैः कृषि मन्त्री पौडेल

बुटवल। प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको पक्षमा आएको बजेट दुरुपयोग हुन नदिने बताएकी छन् । विगतका बर्षहरुमा किसानकालागि आएको अनुुदान लगायतका बजेट दुरुपयोग भए गरेको किसानहरुको गुनासो आएको भन्दै उनले अव कुनै पनि हालतमा यस्तो हुन नदिने बताइन् । सोमबार राष्ट्रिय कृषक समुह महासंघ नेपालको प्रदेश नम्बर ५ […]

लप्सीको माग उच्च , लप्सी टिपेर प्रशोधन गर्न पर्वतका कृषकलाई भ्याइनभ्याई

पर्वत। लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर प्रशोधन गर्न यतिबेला कृषकलाई भ्याइनभ्याई भएको छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने यस जिल्लाका विभिन्न तीन स्थानमा प्रशोधन उद्योग सञ्चालित छन् । जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योग, झाक्रीसल्ला लप्सी तथा खाद्यान्न उद्योग, दुर्लुङ्ग र लप्सी विकास समूह खानीगाउँमा रहेका तीन […]

कालिमाटी तरकारी बजारमा कृषि राज्यमन्त्रीको छड्के

काठमाडौं। कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कालिमाटी तरकारी तथा फलफूल बजारको बिहीबार बिहान अनुगमन गरेकीछिन्। बजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गर्ने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको कार्यक्रममा कृषि राज्यमन्त्री चौधरीले पछिल्लो समय बजारमा केही सुधार भएको बताइन्। तर त्यतिमै सन्तोष गर्ने ठाँउ भने नरहेको उनको […]

तेह्रमध्ये पाँच कृषि उपजमा सफलता

ललितपुर। १४औं योजनाले गत आर्थिक वर्ष (आव) २०७४/७५ सम्मका लागि कृषि उत्पादनतर्फ तोकेको वार्षिक लक्ष्यमध्ये ५ कृषि उपजमा लक्ष्य प्राप्त भएको छ । सो योजनामा १३ प्रमुख कृषि उपजको वार्षिक लक्ष्य निर्धारण गरिएको छ । बाँकीमध्ये पाँच उपजमा चालू आवमा लक्ष्य प्राप्त हुन सक्ने र तीनबाट हुन नसक्ने प्रतिवेदन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक […]

अर्गानिक तरकारी उत्पादनमा नेपालसँग सहकार्य गर्ने कतारको प्रस्ताव

ललितपुर। कतारले नेपालसँग हरियो तरकारी र ताजा माछामासु उत्पादनमा सहकार्य गर्ने प्रस्ताव गरेको छ। नेपालमा प्रांगारिक तरकारी र माछामासु उत्पादन गरेर त्यसको बजार कतारलाई बनाउन सकिने बारे नेपाल सरकारसँग कतारले प्रस्ताव गरेको हो। नेपालमा उत्पादनको प्रसस्त सम्भावना देखेर कतारले नेपालसँग पशुपक्षी पालन र तरकारी उत्पादनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज […]

अब भूकम्प जानु २० सेकेन्ड अघिनै सूचना

ललितपुर। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए […]