
काठमाडौं। सरकारले सौन्दर्य माछाका भूराको गैरकर राजस्वका दर निर्धारण गरेको छ ।
गत फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषदको बैठकले सौन्दर्य भूराको गैरकर राजश्व र कर निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
हाल कोइकाक भन्ने सौन्दर्य माछाको मूल्य प्रतिमाछा दुई रुपैयाँ पाँच पैसा छ । मन्त्री बाँस्कोटाका अनुसार विगतको मुल्यमा वृद्धि गरी अब कोइकाकको मूल्य ५, १० र १५ रुपैैयाँ पुर्याइएको छ । थाइको पाँच रुपैया, फिङ्गरलिंकको दश रुपैयाँ र एड्भान्स फिङ्गरलिंकको १५ रुपैयाँ तोकिएको छ ।
‘बलुन नोलिज ब्ल्याक’ माछाको हाल २ रुपैयाँ रहेकोमा ५, १० र १५ रुपैयाँ पुर्याइएको छ । थाइको प्रतिमाछा ५, १० र १५ रुपैयाँ, ‘कनेन्ट वर्ल्ड फिस’को मूल्य प्रतिमाछा १५, ३० र ४० रुपैयाँ भएको छ । परेण्डा रोयल २०, ३० र ४० रुपैयाँ, स्वतेल ५, १० र १५ रुपैयाँ, आरओवान सिल्भर एक सय, दुई सय र तीन सय रुपैया पुर्याइएको जनाइएको छ ।