समाचार

पत्याउनुहुन्छ, काउलीको बिउ प्रतिकिलो ८ देखि १० हजार रुपैयाँसम्ममा विक्री हुन्छ

बागलुङ। बागलुङ नगरपालिका–८, सिगानाका टोपबहादुर खड्का, तरकारीको बिउ बेचेर वर्षेनी लाखौंको आम्दानी गर्ने कृषक हुन् । उनले काउली र काँक्रोको बिउ उत्पादन गर्ने गर्दछन् । गतवर्ष १५० किलो काउलीको बिउ उत्पादन गरेर विक्री गर्दा रू। १० लाख आम्दानी गरेको सुनाउँदै उनी भन्छन्, ‘अझै ३० किलो जति बाँकी छ ।’ काउलीको बिउ प्रतिकिलो ८ देखि १० […]

रासायनिक मलको अनुदान दुरुपयोग भइरहेको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले रासायनिक मलमा दिइएको अनुदानको दुरुपयोग हुने गरेको गुनासो गरेका छन् । शुक्रबार कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिको बैठकमा अर्थमन्त्री खतिवडाले अनुदान दिँदा भारतमा भन्दा नेपालमा रासायनिक मल धेरै सस्तो भएका कारण फेरि भारततिरै चोरी तस्करी हुने गरेको बताए । रासायनिक मलमा दिँदै आएको अनुदान पनि धान्न सकिने हो […]

कृषि विश्वविद्यालय र निजी क्याम्पसबीच भर्ना विवाद

चितवन। कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वीकृति बिना निजी क्याम्पसले भर्ना आह्वान गरेपछि विवाद चुलिएर गएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा निजी क्याम्पसले मङ्गलबार र बुधबार पत्रिकामा विज्ञापन प्रकाशन गरेर भर्ना आह्वान गरेका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको मेरिटका आधारमा भर्ना लिनका लागि सूचना प्रकाशन […]

अवैध रुपमा भारतीय अण्डा भित्रिन थालेपछि उत्पादकले नै गर्न थाले निगरानी

चितवन। भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि […]

१९ मेट्रिक टन आलु बेच्दा मुनाफा ४९० रुपैयाँ

एजेन्सी।आगरा भारतमा धेरै आलु उत्पादन हुने क्षेत्रमध्ये एक हो । तर यहाँका किसान आलुको बजारभाउ घट्दै र आलु उत्पादनको लागत बढ्दै जाँदा निकै समस्यामा परेका छन् । आगराको बरौली अहीर गाउँका एक किसानले १९ मेट्रिक टन आलु बेच्दा मात्रै ४ सय ९० भारतीय रुपैयाँ मुनाफा कमाएका छन् । आफ्नो उत्पादनको मूल्य कम पाएकोमा दुःखी हुँदै […]

परिश्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ

बैतडी। परिश्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् बैतडीको सुर्नया गाँउपालिका–६ मोतिनगर रौटेका पदमराज भट्ट । पछिल्लो समयमा युवाहरु विदेश गइरहेका बेला पदमले भने स्वदेशमा नै नाम र दाम कमाइरहेका छन् । भट्टले तरकारी खेतीबाटै मनग्गे आम्दानी गरीरहेका छन् । पदरमराज जिल्लाकै एक कुशल युवा उद्यमीको रुपमा स्थापित भएका छन् […]

उखुको न्यूनतम मूल्य तोकियो

ललितपुर। सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ५ सय ३६ दशमलव ५६ रूपैयाँ तोकिएको बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

मल संकट अन्त्य गर्न थप ४ अर्ब बजेट माग

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल संकट रोक्न अर्थ मन्त्रालयसँग थप ४ अर्ब बजेट माग गरेको छ । मन्त्रलायले चालू आर्थिक वर्ष २०७५/७६ को बजेटमा मलका लागि ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको थियो । बजेटले किसानलाई मल नपुग्ने हुँदा थप बजेट माग गरेको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षमा […]

विषादीको अनाधिकृत प्रयोग गरे १ लाख ५० हजारसम्म जरिवाना

ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ प्रस्तुत गर्दै खनालले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो । विषादी अनाधिकृत प्रयोग […]

५४ प्रकारका जडीबुटीमा भारतको प्रतिबन्ध

ललितपुर। भारतले आफ्नो देशमा आयात गर्नका लागि सूचीकृत नभएको भन्दै एक्कासी ५४ प्रकार जडीबुटीको निकासीमा रोक लगाएपछि नेपाल–भारत सीमा नाकामा जडिबुटी थन्किएका छन् । भारत निकासीमा अबरोध भएपछि जडिबुटीको मूल्य दोब्बरले घटेको छ । नेपाल जडिबुटी ब्यवसायी संघका अनुसार अहिले नेपालगञ्ज, भैरहवा, काकडभिट्टा, बीरगंज लगायतका नाकामा जटिबुटी थन्किएर बनेसका छन् । सबैभन्दा बढी निर्यात हुने […]