ललितपुर। सरकारले कुखुरा पालनमा विदेशी लगानीलाई निरुत्साहित गर्ने गरी कानुन प्रस्ताव गरेको छ ।

नेपालमा केही वर्षदेखि कुखुरा पालन व्यवसायमा विदेशी लगानी भित्रीरहेको अवश्थालाई मध्यनजर गर्दै नेपाली किसान र नेपाली उद्योगको प्रर्वद्धन गर्ने उदेश्यले कुखुरा पालनमा विदेशी पैसा लगानी गर्न नपाउने गरी विधेयक ल्याएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले प्रतिनिधिसभामा सोमबार दर्ता गरेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा विदेशीले लगानी गर्न नपाउने क्षेत्रका रुपमा कुखुरापालनलाई उल्लेख गरेको छ ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ खारेज गर्ने प्रस्ताव गर्दै नयाँ विधेयक ल्याएको हो ।

त्यस्तै हातहतिर, खरखाजना, गोलीगठ्ठा, बारुद, न्यूक्लियर उत्पादन, घर जग्गा खरिद विक्री व्यवसाय, पर्यटन व्यवसायमा पनि विदेशी लगानी गर्न नपाउने विधेयकमा उल्लेख छ ।
विधेयकमा विदेशी लगानीको सीमा निर्धारण गरिएको छैन । विदेशी लगानीका लागि आवेदन परेको १५ दिनभित्र सम्बन्धित निकायले अनुमति दिनुपर्ने प्रस्ताव गरिएको छ ।