समाचार

पाँच महिनामै २८ करोड मूल्यको बिऊ आयात

ललितपुर। रैथाने जातका बिऊहरु नष्ट गर्ने, किसानलाई महँगोमा बिऊ किन्न बाध्य पार्ने कुटिल सोचका कारण मुलुक दिनप्रतिदिन तरकारीको बिऊमा परनिर्भर बन्दैं गएको छ । एकचोटी रोपेपछि अर्को चोटी नउम्रर्ने बिऊहरु वितरण गर्ने र हरेकसाल किसानले बजारबाट आयातित महँगो बिऊ किन्नपर्ने अवस्थाले गर्दा तरकारीको बिऊको आयात मात्रै ७५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागबाट हालै […]

भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने

ललितपुर। पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । कृषि विभागअन्तर्गतको निर्देशनालयले भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको बाली विकास तथा कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको हो। निर्देशनालयका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले अहिलेसम्म व्यावसायिक रुपमा खेती नहुँदा झण्डै ९० प्रतिशत भटमास आयात भइरहेको बताए। […]

कुखुरापालक किसानको आन्दोलन स्थगित

चितवन। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्। लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने लगायत माग राखेर किसान आन्दोलन गर्दै आएका छन्। किसानको आन्दोलनको सुनुवाइ नभएको भन्दै पुस एक गतेदेखि कुखुराका चल्ला नकिन्न चिक्स होलिडे गरेका थिए। राष्ट्रिय किसान आयोग […]

राष्ट्रिय वाणिज्य बैंकले दिन थाल्यो ३ प्रतिशतमै कर्जा, कसरी लिन सकिन्छ व्यवसायिक कृषि तथा पशुपन्छीका लागि

ललितपुर। राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ३‍.३३ प्रतिशत ब्याजदरमै प्रमाणपत्र धितोमा कर्जा दिन सुरु गरेको छ । बैंकले सरकारले ल्याएको एकीकृत सहुलियत कर्जा कार्यक्रसँग सम्बन्धित परियोजना धितोमा प्रदान गरिने कर्जाको वितरण आजबाट सुरु गरेको हो । सोमबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले […]

नयाँ पदपूर्ति नहुँदा ‘नार्क’मा वैज्ञानिक सकिँदै

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दी भन्दा आधा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् । कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दे आएको सो संस्थामा दरबन्दी अपर्याप्त र दरबन्दी भन्दा कम जनशक्ति कार्यरत छन् । जनशक्ति अभाव अरु प्राविधिक र गैरप्राविधिक जनशक्तिमा पनि रहेको परिषद्ले जनाएको छ । तीन दशकदेखि जनशक्ति हेरफेर नभएको […]

किवि खेती गर्दा अपनाउनु पर्ने साबधानी

किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । यो निकै पोषिलो र औषधीय […]

नेपालमा उत्पादित माछा भारत निर्यात

कञ्चनपुर। नेपालमा उत्पादित माछा भारतमा समेत निर्यात हुने गरेको छ । जसको उदाहरण हो कञ्चनपुरको बेलौरी नगरपालिका । त्यँहाको बन्दातालबाट हरेक वर्ष ६० लाख रुपैँया भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री हुने गरेको पाइएको छ । माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताए । बार्षिक […]

टिमुरबाट तेल प्रशोधन

सल्यान। टिमुर उत्पादनमा वृद्धि भएपछि जिल्लामा उद्योग नै स्थापना गरी तेल प्रशोधन गर्न थालिएको छ। तीन वर्षदेखि स्थानीय शारदा नगरपालिका–१५ मा सञ्चालन हुँदै आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरी तेल उत्पादन गर्न थालेको हो। टिमुरबाट प्रशोधन गरिएको तेल गत वर्ष प्रतिकिलो १० हजारदेखि १३ हजार रुपियाँसम्मका दरले बिक्री गरेको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले […]

सरकारलाई कालिमाटीका व्यापारीले टेरेनन् , एकाधिकार कायमै

ललितपुर। सरकारले काठमाडौं उपत्यका बिक्री हुने तरकारीमा सिन्डिकेट लगाएको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारका व्यापारीमाथि कारबाही गरेको बताए पनि कार्यान्वयनको अवस्था भने कमजोर रहेको पाइएको छ । राजनीतिक रुपमा उच्च पहुँच भएका व्यापारीले राजनीतिक नेतृत्वको आडमा एकाधिकार कायम नै राखिरहेका छन् । उनीहरुले सरकारको नीति तथा नियमलाई मान्ने तथा सरकारको आदेशलाई समेत कार्यान्वयन नगर्ने […]

भक्तपुरमा ठूलो तरकारी बजार स्थापना

भक्तपुर। काठमाडौंको कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कुल रू. ६ करोड ५० लाख लगानीमा शुरु हुन लागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङस मेतको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–३, बालकोटमा आफ्नै कृषक बाबु […]