
ललितपुर। देशभर आज (आइतबार) पनि मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद शुवास रिमालले देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना देखिएको जानकारी दिए ।
उनले देशभर मौसममा बदली भएकाले प्राय सबै क्षेत्रमा पानी पर्न सक्ने बताए । उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको पनि उनले बताए ।
सोमबारदेखि सामान्य रुपमा मौसममा सुधार आउने मौसमविद रिमालको भनाई छ ।