ललितपुर। कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा आगामी फाल्गुन १७ गतेदेखि ललितपुरमा १२ औ ंराष्ट्रिय प्राङ्गारिक कृषि मेला आयोजना हुने भएको छ ।
केन्द्रले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दे फाल्गुन १९ गतेसम्म ललितपुरको जावलाखेलमा मेला आयोजना गर्न लागिएको जनाएको हो ।

मेलामा प्राङ्गारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको प्रवद्र्धन केन्द्रले जनाएको छ । ‘प्राङ्गारिक कृषि पद्धत्ति अपनाऔं, माटो र जीवन बचाऔं’ भन्ने मुल नारा लिएर गर्न लागिएको मेलामा प्राङ्गारिक कृषि विषयमा सांस्कृतिक कार्यक्रम, प्राङ्गारिक कृषि सम्वन्धी प्राविधिक सूचनाहरु र प्रस्तुतीकरण हुने बताइएको छ । त्यस्तै उत्कृष्ट प्राङ्गारिक कृषि उजपहरुलाई पुरस्कार वितरण, प्रदर्शनीमा सहभागीहरुलाई सहभागितको प्रमाणपत्र दिईने कृषि बिभागका निमित्त महाप्रवन्धक प्रकाश सञ्जलले जानकारी दिनुभयो ।

त्यसैगरी प्राङ्गारिक तथा रैथाने परिकार महोत्सव, प्राङ्गारिक कृषि सम्वन्धी प्यानल तथा अन्तरक्रिया कार्यक्रम, प्राङ्गारिक कृषि उपजहरुको विक्री वितरणका साथै बाली उपचार शिविर पनि राखिने आयोजकले जनाएको छ ।

मेलाम प्राँगारिक उत्पादन गर्ने मल देखि विभिन्न उत्पादनको एक सय २५ स्टल रहने जनाइएको छ ।