
भेनोरा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी तथा योजना प्रमुख डा योगेन्द्र कुमार कार्की सहीतको टोलीले ईटालीको भेनोरामा निजि क्षेत्र तथा सामुहिक (सहकारी) द्वारा संचालित स्याउ नर्सरीको अवलोकन गर्नु भएको छ । उक्त अवसरमा संचालकसँग बिरुवा उत्पादन बिधि ,बिरुवा विभिन्न देशमा पठाउने तथा लागत मुल्य बारे जिज्ञासा राख्नु भएको थियो ।
५०० हेक्टर क्षेत्रफलमा रहेको स्याउ नर्सरीमा बर्षेनी ६० लाख बिरुवा उत्पादन गरि भारत,चीन,कोरिया लागयतका देशमा बिरुवा बिक्री बितरण गर्दै आएको संचालकले जानकारी गराएका थिए ।
संचालकले बिरुवा उत्पानको लागि युरोप भरीका सबै देशमा एकरुपता कायम गर्ने कानुन रहेको , युरोप भरी एउटै मापदण्ड रहेको र सरकारले बेला बेलामा निरीक्षण गर्ने गरेको जानकारी दिएका थिए ।
नेपालमा अहिले बर्षेनी १४ अर्बको स्याउ आयात भइ रहेको सन्दर्भमा नेपालको जुम्ला ,हुम्ला,मुगु,कालीकोट,डोल्पा ,मनाङ्ग ,मुस्ताङ ,सोलुखुम्बु ,ताप्लेजुङ जस्तो जिल्लामा फुजि ,गाला,गोल्डेन डेलीसियस ,जोनार्थन,रिच एन्ड रेड जस्ता प्रजातीका स्याउ खेती गर्ने सम्भावना प्रचुर रहेको राज्यमन्त्रीको भनाई थियो ।
फोटो : राज्यमन्त्रीको सचिवालय