रोम। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी नेतृत्व को टोली र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को उप कार्यकारी निर्देशक अमीर महम्म अब्दुलाह बिच भेट बार्ता भएको छ । ईटलीको रोम स्थित विश्व खाद्य कार्यक्रमको केन्द्रिय कार्यलयमा भएको भेट बार्तामा मन्त्री चौधरीले भुकम्प पछिको राहत कार्यक्रममा (डब्लुएफपी)ले गरेको सहयोगको खुलेर प्रसंसा गर्नु भएको थियो ।

सो अवसरमा उप कार्यकारी निर्देशक अब्दुलाहले  नेपाललाई थप सहयोग र सहकार्य गर्न (डब्लुएफपी) तयार रहेको बताएका थिए ।

सो अवसरमा पशुपछीं तथा कृषि क्षेत्रको विकासको लागि नेपालमा थप कार्यक्रम संचालन गर्ने तथा हाल संचालन रहेको खाद्य अनुगमन प्रणालीलाई स्थानीय सरकार र प्रदेश सरकार सम्म सफल रुपमा कार्यन्वयन गर्न लगाएतका विषयमा छलफल भएको थियो । उक्त अवसरमा एसिया क्षेत्रीय विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड काटरुडले नेपालको बारेमा नजिक बाट हेरी राखेको र अब ५ बर्षे योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता व्यत्त गरेका थिए ।

फोटो : राज्य मन्त्रीको सचिवालय