हिउँदे वर्षा र हिमपातले किसान उत्साहित
ललितपुर। लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । मुलुकका अधिकांश क्षेत्रमा गएरातिदेखि छिटपुट तथा मध्यम वर्षा भएपछि लगाएको बालीनाली सप्रने र नयाँ बालीका लागि माटो मलिलो हुने भएकाले किसानहरू हर्षित भएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा […]





