समाचार

पोखरा भित्रियो दसैँका लागि च्याङ्ग्रा

अन्नपूर्ण। चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ । शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएका […]

भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित

ढोरपाटन। रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उहाँलाई दुई साता लाग्यो । आइतबार १४ दिनमा उहाँ बागलुङको गलकोट आई पुग्नुभएको थियो । हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश भएको बताउनुभयो । व्यापारमा […]

वैदेशिक रोजगारीपछि पशुपालन, मासिक दुई लाख आम्दानी गर्दै नोमबहादुर

घोराही। घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उहाँको दैनिकी बनेको छ । रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताउनुभएका ४५ वर्षे केसीले विसं २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लाग्नुभएको हो । “मलेसियामा तीन वर्ष काम गरे, त्यहाँबाट […]

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

वालिङ। स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिकरुपमा गँड्यौलापालन थालेको हो । सहकारीले गाउँका कृषकलाई पनि गँड्यौलापालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो । वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा भाडामा लिएर गँड्यौलाको मल […]

पूर्वगाउँपालिका अध्यक्ष धामी पोखरामा च्याङ्ग्रा व्यापारमा व्यस्त

अन्नपूर्ण। बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थाल्नुभएको हो । उहाँले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्नुहुन्थ्यो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभयो । यसलगत्तै उहाँ सबै काम छाडेर गाउँलेको सेवामा लाग्नुभयो । गाउँलेकै […]

च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै

बलेवा। नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री  सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ । हिमाली क्षेत्रबाट आउने च्याङ्गाको मूल्य प्रतिगोटा रु. आठदेखि दश हजार मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष रु. ४० […]

मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

ललितपुर। गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति […]

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

गलकोट। भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसँैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसँंै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राउनु भएको छ । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ […]

सहकारीमार्फत करोडौँ गाउँ भित्र्याउँदै महिला

ढोरपाटन। आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा सम्झन […]

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

गलकोट। नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने […]