ललितपुर। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ ।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले हुम्लाको हिल्सास्थित सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गरिने घोषणा पनि गरे । सरकारका अनुसार हिल्सा नाकामा पशु क्वारेन्टिन स्थापना गरी पशुजन्य वस्तु तथा पशुधनको आवागमन व्यवस्थापनलाई थप व्यवस्थित बनाइनेछ ।









