समाचार

अवैध माछा आयातमा सरकारको कडाइ

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पंगास माछा आयात तथा बिक्री वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। कृषि र वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाली कृषि उत्पादनलाई प्राथमिकता दिन र खाद्य स्वच्छतामा विशेष ध्यान दिन यसअघि सातै प्रदेश तथा सम्बन्धित निकायलाई दिएको निर्देशनअनुसार […]

‘वाइन कप’ च्याउको नेपालमा सफल परीक्षण

ललितपुर। च्याउ बन्द कोठाभित्र निश्चित तापक्रममा फलाउने तरकारी भनेर धेरैले बुझेका छन्, तर खुला आकाशमै आलु खेती जस्तै माटोको ड्याङ (रिज) बनाएर उत्पादन गर्न सकिने ‘वाइन कप’ च्याउको नेपालमा सफल परीक्षण भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनालीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले परीक्षण गरेको यो […]

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

चितवन। अण्डाको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर मंगलबार देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु. ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट रु ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु १५ ले […]

सरकारको राष्ट्रिय प्रतिवद्धता– किसानलाई क्रेडिट कार्ड, बिमा, सहुलियत ऋणदेखि पेन्सनसम्म

ललितपुर। सरकारले कृषि पेशाको सम्मान र आत्मनिर्भरताको प्रतिवद्धता जाहेर गरेको छ। राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गर्दै कृषि उपजको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत, कानुनी र भन्सार सुधार लगायतका कार्य गरिने जनाएको हो। प्रतिवद्धतामा भनिएको छ, ‘कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी भारतसँगको व्यापार सम्झौता तथा नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि गरी […]

कृषिमन्त्री चौधरीसँग माइतीले दिएका २ वटा बाख्रा र १० वटा कुखुरा !

ललितपुर। कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उनीसँग नगद, सुनचाँदी, सेयरका साथै माइतीबाट पाएका दुई वटा बाख्रा र १० वटा कुखुरासमेत रहेको देखिएको छ । मन्त्री चौधरीसँग ५० हजार रुपैयाँको घडी, ९० हजारको मोबाइल र ७५ हजार […]

गहुँ र चैते धानको समर्थन मूल्य तोकियो

ललितपुर। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो । चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः ३ हजार ९ सय ४५ […]

चैत २८ गते ‘दोस्रो राष्ट्रिय मोही दिवस २०८२’ मनाइदैं

ललितपुर। नेपाल डेरी एसोसिएसनले ‘मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔँ अभियानको प्रयास’ भन्ने नारासहित मोही प्रवर्द्धन अभियानलाई थप विस्तार गर्ने भएको छ । संघले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीलाई केवल पेय पदार्थ मात्र नभई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न अभियान सञ्चालन गरिएको जनाएको छ । स्वदेशी दुग्धजन्य […]

मन्त्री चौधरीको एक्सनः कालीमाटी बजारमा अनियमितता फेला, कडाइ गर्ने चेतावनी

ललितपुर।  कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गिता चौधरीले अव्यवस्थित बन्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छिन् । बजार व्यवस्थापनमा कमजोरीबारे गुनासो आएपछि उनले बिहीबार (चैत्र २६ गते) बिहानै बजार पुगेर अनुगमन गरेकी हुन् । बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन […]

भायानेटको वाई-फाई सिक्स सेवा सुरु

ललितपुर।  इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाई-फाई सिक्स’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले कम्पनीले नयाँ वाई-फाई प्रविधि भित्र्याएको हो । पुरानो प्रविधिको तुलनामा चार गुणा बढी कार्यक्षमता प्रदान गर्ने यो प्रविधिले लेटेन्सीलाई न्यूनतम स्तरमा झार्ने भायानेटको दाबी छ । […]

२३ स्थानमा बर्डफ्लुको सङक्रमण, पशुपंक्षी ओसारपसारमा रोक

ललितपुर। यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको […]