माछापालनबाट मनग्य आम्दानी
बागलुङ। बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पारेका छन्। माछा बेचेर श्रीसले गत वर्ष एक लाख रुपैयाँ आम्दानी गरे। विसं २०७० मा सानो पोखरीबाट शुरु गरेका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आएका छन्। “पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० […]