किसान

सहकारीले गाउँमै बनाए बीउ बैंक

तेह्रथुम । गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन्। गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूह मार्फत बीउ बैंक स्थापना गरेका हुन्। प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका बीउबिजन लोप हुन थालेको […]

प्राविधिक ज्ञानको कमीले च्याउखेती गर्न समस्या

ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए । च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा […]

अब गाईले बाच्छीमात्रै जन्माउने

चितवन। धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार […]

बन्दुक समाउने हातले खुर्सानीको बोट समाएपछि मालामाल

धनकुटा। दश वर्षको जनयुद्धमा बन्दुक बोकेर मुलुकको शासन व्यवस्था परिवर्तन गर्न हिँडेका भिम विक्रम लिम्बु कागती खेतीबाट आर्थिक व्यवस्था परिवर्तन गर्ने अभियानमा छन् । धनकुटाको साँगुरीगढी गाँउपालिका – ५ बेगनाका लिम्बुले ४० रोपनी जग्गामा क्षेत्रफलमा कागती र अकबरे खेती सुरु गरेका छन् । राजनितिमा निष्क्रिय बसेका लिम्बुले बर्षौँ अघिदेखि बाँझो रहेको जमिनमा कागतीको विरुवा हुर्काउन […]

धुर्कोटका कृषकलाई उत्पादनमा आधारित अनुदान

गुल्मी । स्थानीय युवाहरूलाई गाउँमै रोक्न गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि उत्पादनमा आधारित अनुदान दिन सुरु गरेको छ । झन्डै एक दर्जन कृषिजन्य वस्तु उत्पादन र बिक्री गर्दाको समयमा हुने तौललाई आधार मानेर रकम अनुदान दिन सुरु भएको हो । यस्तो कार्यक्रमले युवाहरूलाई बिदेसिनबाट रोक्नुका साथै कृषिजन्य उत्पादनको वृद्धि र कृषि कर्ममा प्रोत्साहन मिल्ने धुर्कोट गाउँपालिका–४ […]

युवा भैंसीपालनप्रति आर्कषित

काठमाडौं । भैंसीपालन व्यवसायबाट प्रसस्त आम्दानी देखीएपछि यतिखेर युवावर्ग पशुपालन प्रति आर्कषित हुन थालेकाछन् । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गदै आउनुभएको छ । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । उहाँले विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएको र यो चार […]

मकैको घोगा छ, दानानै छैन !

रौतहट । चन्द्रपुर–४ का बाबुराम तिमल्सिनाले २५ कटठा जमिन भाडामा लिएर खेती गर्दै आउनु भएको छ । उहाले यसपटक उन्नत जातको मकैको खेती गर्दा मनग्य आम्दानी हुने सोच बनाएर बन्नी जातको मकैको बीउ रोप्नु भएको हो तर उत्पादन हुनेबेलामा मकैको घोगा छ, दानानै छैन । यस्ले उहा निराश मात्र हैन चिन्तित बन्नु भएको छ । […]

सूर्यमुखीफूलको खेतीमा कृषकको बढ्दो आकर्षण

पाल्पा। पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ । सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हँुदा कृषकले यसको व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । […]

बारामा एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन

कलैया। बारामा यस वर्ष रु एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ । मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बाराका कृषकले कूल […]

आधुनिक प्रविधिबारे मौरीपालक किसानलाई तालिम

लमजुङ।­ लमजुुङका मौरीपालक किसानलाई मौरीपालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।‘एक घर, एक मौरी घार अभियान, आर्थिक समृद्धिको मुहान’ भन्ने नाराका साथ लमजुुङ कृषि क्याम्पसमा गठित ‘दिगो कृषिका लागि युवा’ को आयोजना, हिर्कुश एग्रो फार्म प्रालि र गहते अर्गानिक मौरी फार्मको सहयोगमा किसानहरुलाई मौरीपालन तालिम प्रदान गरिएको हो । आवश्यक नविनतम ज्ञान, सीप, प्रविधिबारे जानकारी […]