ललितपुर। । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ ।
गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो ।
मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ हजार ८ सय ४२ उखु किसानलाई वितरण गरिने छ । कोलेनिका मार्फत उक्त अनुदान रकम सिधै किसानका बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ ।
चाडपर्वको मुखमा किसानले लामो समयदेखि पर्खिरहेको अनुदान रकम पाउने भएका हुन् ।









