किसान

३० कृषि समूहलाई हाते ट्रयाक्टर प्रदान

नुवाकोट । सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर (हाते ट्रयाक्टर) वितरण गरिएको छ ।गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा कृषक समूहलाई यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले शिवपुरी गाउँपालिकामार्फत ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । कृषक समूह तथा कृषि सहकारी संस्थालाई कृषि उपकरण हस्तान्तरण गरेपछि […]

उखुको भुक्तानी माग्दै किसान आन्दोलित

सर्लाही। उखुको भुक्तानी माग गर्दै सर्लाहीका किसान आन्दोलित भएका छन् । उखु बिक्रीबापतको पैसा नपाएपछि उनीहरुले शुक्रबार इन्दुशंकर चिनी उद्योग हरिवनको मूलगेटमा कालोझन्डा गाडेका हुन् । उखु बिक्री गरेको लामो समयसम्म पनि उद्योगले भुक्तानी रोक्दा व्यवहार धान्न समस्या भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसानहरुको भनाइ छ । उखु उत्पादक समिति र नेपाल उखु उत्पादक किसान […]

भैँसीपालनबाट वार्षिक ८ लाख

झापा । मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको छ । उहाँले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु आठ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । सापकोटाले स्थानीय […]

घाँसको बीउबाटै वार्षिक १० लाख आम्दानी

तेह्रथुम । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् । उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् । कतिपयले ती सपना पुरा गर्छन् तर धेरैको अधुरै पनि रहन्छ । त्यस्तै सपना देख्नुभएको […]

पिपिआर रोगले एक सय बाख्रा मरे

लहान। विगत एक महिनादेखि सप्तरीको शम्भुनाथ नगरपालिका–१ र २ मा फैलिएको पिपिआर रोगका कारण बाख्रा मर्न थालेका छन् । फागुनको पहिलो सातादेखि फैलिएको पिपिआर रोगका कारण हालसम्म १०० भन्दा बढी बाख्रा मरेका छन् । शुरुमा बाख्राले पातलो दिसा गर्ने, शरीर काम्ने, मुखबाट ¥याल आउने र अन्तिममा मृत्यु हुने गरेको स्थानीय इनुस मियाँले बताउनुभयो । शम्भुनाथ […]

रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा तरकारी खेतीबाट मालामाल

बर्दिवास । ‘गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् । रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा राहदानी घरमा थन्क्याएका सो बस्तीका उत्साही युवाले सामूहिक प्रयत्नबाट खेतीपातीबाटै केही वर्षभित्रै राम्रो आम्दानी गरेर सो आहान चरितार्थ गरेका हुन् । ‘पासपोर्ट बनाएर विदेश जान साहुका […]

उत्पादन नहुँदा माछा आयात बढ्दो

विराटनगर । भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित् माछामा रहुँ, नैनी, भाकुरका […]

गाउँमा बाख्रा पालेर विदेशमा भन्दा बढी कमाइ

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो। माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ। उनले अहिले बाख्रा बेचेरै वार्षिक दुई देखि तीन लाख रुपैयाँ सम्म आम्दानी गर्छिन्। “साहुले ऋण नपत्याएर माइतीबाट पाठापाठी ल्याएर बाख्रा […]

मकैमा घोगा छ, दाना छैन

पर्सा। सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–१, मधुवन मथवलका किसानले लगाएको मकैबाली बिग्रिएका कारण किसानहरु मर्कामा परेका छन् । मकै भित्र्याएर घर ब्यवहार मिलाउला भन्ने किसानको योजना अधुरो हुने भएको छ । बोटमा रहर लाग्दो मकैको घोगा छ, तर घोगामा दाना छैन । मकै भित्र्याउने बेला भएपनि घोगामा दाना नभएपछि किसानको सबै मेहनत खेर जाने भएको […]

कालिजको व्यवसायीक पालन !

पोखरा । पदमराज अधिकारी २२ वर्ष बेल्जियममा बसेर नेपाल फर्किए । पोखरा १४ माटेमसिनाका उनी बेल्जियम छिर्दा ३० वर्षका लक्का जवान थिए । नेपाल फर्किएलगत्तै उनी फुर्सदमा बसेनन् । बेल्जियमको अनुभवले फ्रान्सबाट कालिजका अण्डा ल्याई चल्ला उत्पादन शुरु गरे ।उनले वाइल्ड फुड प्रोडक्ट प्रालि दर्ता गरी गत वर्षको अप्रिलदेखि पोखरा ३३ लामगादीमा कालिजको व्यवसायिक फर्म सञ्चालन गरे । परीक्षणकै क्रममा […]