राजनीतिसँगै भैँसीपालन
स्याङ्जा। युवा अवस्था लडाइँमा खर्चनु भएका वालिङ नगरपालिका–९ का ताराप्रसाद भुसालले भैँसीपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्षदेखि वालिङ नगरपालिका–१ त्रियासीमा सञ्चालन गरेको भैँसी फार्मबाट मनग्य आम्दानी गर्नुभएको हो । २०४७ सालदेखि राजनीतिमा होमिनुभएका भुसालको राजनीतिसँगै गोबर फाल्ने, दाना खुवाउने, दूध दुहुने र दूध वितरण गर्ने दैनिकी बनेको हो । उहाँ अहिले नेकपा माओवादी […]