किसान

तरकारीमा बिचौलियाको सिन्डिकेट

काठमाडौँ। किसानको खेतबाट २० रुपियाँमा किनिएको तरकारी आम उपभोक्ताको भन्सासम्म पुग्दा ८५ देखि सय रुपियाँ कसरी पुग्छ त्यसको बिचौलिया ‘चेन’ एक अध्ययनले फेला पारेको छ । किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुगेपछि मात्र किसानले पाउने मूल्य तोक्छ । अन्त्यमा कुहिएर, बिग्रिएर कम मूल्यमा बिक्री हुने तरकारीको […]

भैंसीको दुध बेचेर मासिक एक लाख आम्दानी

तनहुँ। तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् ।व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् । कालिका एग्रोफर्म सञ्चालन गरेर उनले भैंसीको दूध दमौली बजारमा बिक्री गर्दै आएका छन् । वजारभरी गाईको दूध मात्रै पाईने गरेको र भैंसीको दूध पाउनै […]

व्यावसायिक टिमुरखेतीमा आकर्षण

पाल्पा। टिमुरको बजार राम्रो सम्भावना देखेपछि पाल्पाका किसान व्यावसायिक रूपमा टिमुरखेतीमा आकर्षित भएका छन् । टिमुरको बजारमा माग बढेसँगै जिल्लाको पश्चिम भेगमा रहेको रिब्दीकोट गाउँपालिका–७ पालुङ्मैनादीका किसान व्यावसायिक रूपमा टिमुरखेतीतर्फ आकर्षित भएका हुन् । पालुङ्मैनादीका किसानहरूले ठूलोचौर कबुलियती सामुदायिक वन समूह गठन गरेर व्यावसायिक रूपमा टिमुरखेती गरेका हुन् । यसअघि घरायसी प्रयोजनका लागि मात्र टिमुर […]

अंगुरको एउटा बिरुवा हुर्काए एक सय

जाजरकोट। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले प्रतिअंगुरको बिरुवा हुर्काएबापत एक सय रुपैयाँ दिने भएको छ । अंगुरखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन नगरपालिकाले प्रोत्साहनस्वरूप रकम दिने निर्णय गरेको मेयर ओम बुढाले जानकारी दिए । खदाङ, त्रिपुराकोटलगायत ठाउँका किसानलाई एक हजारभन्दा बढी अंगुरका बिरुवा नगरपालिकाले उपलब्ध गराएको थियो । उपलब्ध बिरुवा हुर्काएबापत प्रतिबिरुवा एक सय रुपैयाँ दिने निर्णय गरिएको […]

व्यवसायिक टिमुर खेती गर्दै किसान

पाल्पा ।  रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका किसान व्यवसायिक रुपमा टिमुर खेतीतर्फ लागेका छन्। उनीहरुले ठूलोचौर कबुलियती सामुदायिक वन समूह गठन गरेर व्यवसायिक टिमुर खेती गरेका हुन्। यसअघि घरायसी प्रयोजनका लागि मात्र टिमुर प्रयोग गर्दै आएका थिए। टिमुरको संरक्षण तथा प्रवद्र्धनमा कसैले चासो दिएका थिएनन्। पछिल्लो समयमा यसको महत्व थाहा पाएपछि स्थानीयहरु टिमुरका विरुवा संरक्षणमा लागेको ठूलोचौर […]

पशुपन्छी क्षेत्रको विकासका लागि विश्व बैंकको ९ अर्बको परियोजना

काठमाडौं। पशुपन्छी क्षेत्रको विकासका लागि विश्व बैंकको ठूलो लगानी भित्रिएको छ। विश्व बैंकले ‘लाइभस्टक सेक्टर इन्नोभेसन’ आयोजनामार्फत नेपालमा लगानी गर्न लागेको हो। यो आयोजनामा विश्व बैंकले आठ अर्ब र नेपाल सरकारले एक अर्ब गरी कुल नौ अर्ब रुपैयाँ लगानी हुनेछ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार गत माघ ७ गते विश्व बैंकसँग यो आयोजनाका […]

दूधबाट आत्मनिर्भर बन्दै सिन्धुपाल्चोक

सिन्धुपाल्चोक। भूकम्पका कारण गोठमा किचिएर हजारौँ गाईभैँसी मरेपछि तहसनहस दुग्ध व्यवसाय झन्डै तीन वर्षपछि सिन्धुपाल्चोक दूधमा आत्मनिर्भर बन्न थालेको छ। भूकम्पका कारण जिल्लाको दूध व्यवसाय भएका क्षेत्रमा मात्रै झन्डै १० हजार गाईभैँसी मरेका थिए। सिन्धुपाल्चोक जिल्लाबाट अहिले दैनिक २० हजार लिटर दूध संकलन गरी राजधानी निर्यात भइरहेको छ। भूकम्पपछि दूध उत्पादन आधा घटेर १० हजार […]

सिस्नु बिक्रीबाट लाखौँको आम्दानी

गाईघाट। पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने गरेको मगर बताउँछिन् । रौताको सिस्नु स्थानीय […]

नौ जिल्लाका तरकारीखेती गर्ने किसानलाई आठ देखि १५ लाखसम्म अनुदान

ललितपुर। व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप नौ जिल्लाका तरकारीखेती गर्ने किसानलाई रु आठ लाखदेखि रु १५ लाखसम्म अनुदान दिइने व्यवस्था गरिएको तरकारी विकास निर्देशनालयले जनाएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरि अनुदान दिइने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । नयाँ […]

मकैखेतीप्रति कृषकको आकर्षण बढ्दो

विराटनगर। मकैको उच्च मूल्य पाएपछि यतिखेर मोरङका किसान खुसी छन् । किसानको घरदैलोमै आएर व्यापारीले उच्च मूल्यमा मकै खरिद गर्न थालेपछि यहाँका किसान खुसी भएका हुन् । आम्दानीको राम्रो स्रोतका रुपमा मकै हुन थालेपछि मोरङका किसान वर्णशंकर (हाइब्रिड) जातको मकैखेती प्रति आर्कषित हुुन थालेका छन् । परम्परागत अन्नबाली भन्दा राम्रो आम्दानी हुुन थालेपछि यस क्षेत्रका […]