किसान

अपांगता भएकालाई बाख्रा वितरण

दाङ। तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ ।अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताउनुभयो । मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक […]

असिनापानीले ९५ प्रतिशत स्याउबालीमा क्षति,बाली नष्ट भएपछि कृषक चिन्तित

जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा सोमबार साँझ परेको असिनापानीले कृषकहरूले लगाएको स्याउबाली ९५ प्रतिशतभन्दा बढी नष्ट भएको छ । ठूलो मात्रामा परेको असिनापानीले स्याउको फूल तथा चिचिला र दाना झारेपछि चौँधबिस क्षेत्रका कृषकहरूले लगाएको यो वर्षको स्याउबाली नष्ट भएको पातारासी गाउँपालिकाका कृषि संयोजक लक्षिराम महतले बताए । ‘असिनाले भर्खर फुल्दै गरेका फलफूलको सबै फूल र दाना […]

अबैध भारतिय रातो अण्डा नेपाल भित्रदैं, नेपाली अण्डा व्यवसाय धरापमा

चितवन। भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको  अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गर्थ्यो । भारतमा उत्पादन भएका अण्डा नेपाल भित्र्याउन नपाइने कानूनी व्यवस्था छ तर अहिले रातो […]

गाउँमा बीउ बैंक स्थापनापछि कृषकलाई सहज

नवलपरासी। पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९१६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् । नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंकको स्थापना गरेका हुन् […]

तरकारीमा रहेको सिण्डिकेट कहिले सम्म ?

ललितपुर। यातायात क्षेत्रमा जस्तै तरकारीमा पनि डरलाग्दो सिन्डिकेट रहेको उपभोक्तावादी संस्थाले गरेको अध्ययनले देखाएको छ । उपभोक्ता हकहितको आवाज उठाउदै आएको उपभोक्ता संरक्षण मञ्चले तरकारीमा यातायात क्षेत्रको भन्दा डरलाग्दो सिन्डिकेट रहेको तथ्य सार्वजनिक गरेको छ । पछिल्लो समय मञ्चले गरेको स्थलगत अध्ययनमा किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्न विभिन्न बिचौलियाको तह पार गर्नु पर्ने देखिएको छ । […]

असिनाले गहुँबाली सखाप

रुकुम पश्चिम। बिहीबार र शुक्रबार परेको असिना पानीले पाकेर भित्र्याउन ठिक्क भएको गहुँ पूरै नष्ट गरेको छ ।अन्न भित्र्याउने बेला असिनाले गहुँ झारेपछि रुकुम पश्चिमका कृषक चिन्तित बनेका हुन् । प्रमुख खाद्य बालीमध्येको गहुँमा ठूलो क्षेति पुगेपछि खाद्यान्न संकट हुने भन्दै कृषकहरु चिन्तित भएका हुन् । असिनाले पाकेको गहुँ कामै नलाग्ने गरी झारेको मुसिकोट–१, का कृषक […]

च्याउ खेतीबाट कसरी हुन्छ लाखौँको कमाई ? च्याउ उद्यमी युवाको अनुभव

डडेल्धुरा। अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, भात्काडाका खेमराज […]

असिनाले लाखौंँको क्षति, किसान मारमा

त्रिशूली। हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ ।शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन […]

प्रतिकेजी १० हजार मूल्य पर्ने गुच्ची च्याउ

हुम्ला। हुम्ला जिल्लाका वनमा गुच्ची च्याउ संकलन कार्य तीव्र बन्दै गएको  छ ।फागुनदेखि वैशाख मसान्तसम्म संकलन हुँदै आएको च्याउ संकलनका लागि अहिले स्थानीयबासीको दैनिक लर्को लाग्ने गरेको छ । स्थानीयहरु च्याउ खोज्न जानका लागि बिहानै घरबाट निस्कने गरेका छन्। स्थानीयहरु च्याउ खोज्न आफ्नो घरबाट एक दिन लाग्ने दूरीमा रहेको जंगलमा जाने गरेकोले खाना नास्तासहित बस्ने […]

टिमुर खेती गरेर जीविकोपार्जन

तानसेन। पाल्पाका सामुदायिक वनमा विभिन्न किसिमका जडीबुटी खेती गर्ने क्रम बढेको छ । रिब्दिकोट गाउँपालिका–७ पालुङमैनादीका कृषकले सामुदायिक वनमा टिमुर खेती गरी आम्दानी सुरु गरेका छन् । पालुङमैनादीका कृषकले ठूलाचौर कबुलियती सामुदायिक वन समूह गठन गरी टिमुर खेती सुरु गरेका हुन् । ठुला रुख बिरुवा नभएको, बनमाराले ढाकेको मानवीय जीवनमा प्रयोगविहीन रहेको जंगललाई जिल्ला वन […]