विराटनगर। मकैको उच्च मूल्य पाएपछि यतिखेर मोरङका किसान खुसी छन् । किसानको घरदैलोमै आएर व्यापारीले उच्च मूल्यमा मकै खरिद गर्न थालेपछि यहाँका किसान खुसी भएका हुन् ।

आम्दानीको राम्रो स्रोतका रुपमा मकै हुन थालेपछि मोरङका किसान वर्णशंकर (हाइब्रिड) जातको मकैखेती प्रति आर्कषित हुुन थालेका छन् । परम्परागत अन्नबाली भन्दा राम्रो आम्दानी हुुन थालेपछि यस क्षेत्रका किसानले व्यावसायिक रुपमा वर्णशंकर जातको मकैखेती गर्न थालेका हुुन ।

चार पाँचवर्ष अघि करेसाबारीमा सामान्य खान तथा खाजाको लागि मात्र लगाइने मकै अहिले जग्गा भाडामा लिएर भएपनि व्यावसायिक रुपमा यसको खेतीगर्न थालेका छन् ।

जहदा गाउँपालिका –७ का किसान रामकुमार यादवले गतवर्ष मकैखेतीबाट रु दुई लाख ७५ हजार आम्दानी गर्न सफल भएको छ ।
घोेगा र छोड्याएको मकै खरिद गर्न व्यापारी घरखेतमै आउन थालेपछि यस पटक थप अर्को जग्गामा उखुुखेती छाडेर मकैखेती लगाएको किसान यादवको भनाइ छ ।

एक बिघा जग्गामा मकै लगाउँदा सबै खर्च कटाएर रु एक लाख भन्दा बढी मुनाफा हुने गरेको उहाँले बताउनुभयो । मोरङमा हिउँदे र बर्खे मौसममा मकै लगाए पनि हिउँदमा लगाइने मकैबाट किसानले बढी आम्दानी लिइने गरेको छ ।

व्यावसायिक रुपमा मकै खेतीगर्न थालेपनि सिँचाइको सहज सुुविधा नहँुुदा समस्या हुुने गरेको छ । मकैखेतीका लागि सात÷आठ पटकसम्म सिँचाइ गर्नुुपर्ने किसानको भनाइ छ ।

हिउँदे र बर्खेगरी मोरङमा १५ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । तीमध्ये ६ हजार ५०० हेक्टर क्षेत्रफलमा वर्णशंकर जातको मकै खेती हुने गर्दछ ।

कृषिलाई औद्योगिकीकरण र व्यवासायिककरण गर्ने प्रदेश सरकारले लिएको नीतिअनुसार आगामी दिनमा  किसानलाई थप आम्दानी हुने विश्वास किसानको छ ।