जानकारी

सुन्तला खेतीमा रमाउँदै पूर्णबहादुर

पर्वत । चारैतर्फ हरियाली, उत्तरमा जङ्गल र दक्षिणमा कालीगडण्की । बिचमा रहेको पाङराङ गाविस, त्यहाँ फलेका लटरम्म सुन्तला । देख्दै मुखै रसाउने । अधिकांश पाकेका र केही पाक्न बाँकी सुन्तला स्यार्हान पाङराङ ८ का पूर्णबहादुर कुँवरलाई भ्याईनभ्याई छ । वि.सं. २०६२ सालदेखि व्यावसायिक सुन्तला खेती शुरु गरेका कुँवरले अहिले सुन्तला खेतीलाई गतिलो आम्दानीको स्रोत बनाउन […]

झापाका साना किसान चिया व्यवसायी दोस्रो चरणको आन्दोलनमा

झापा । साना किसान चिया व्यवसायी सङ्घ नेपाल झापाले आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष पुर्णकुमार कार्कीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोडमा ५६ दिनसम्म शान्तिपूर्ण धर्ना गर्दा समेत कसैले माग सुनुवाइ गर्न चासो नदेखाएकाले मङ्सिर ७ बाट १३ […]

कृषि शिक्षामा आकर्षण बढ्दो

चितवन । खाद्य उत्पादनको महत्त्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा ३ हजार ९ सय ४ […]

तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान

कञ्चनपुर। जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा बेलौरी नगरपालिका–२ का माछापालक कृषक वन्धुराम चौधरी, […]

सरकारले कति तोक्यो धानको मूल्य ?

काठमाडौं। सरकारले चालू वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मुलुकभर धान थन्क्याउने चटारो चलिरहेका बेला सरकारले पनि किसानको धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । आपूर्ति मन्त्रालयका अनुसार धानको यो न्यूनतम समर्थन मूल्य करीब एक साताअघि मन्त्रिपरिषद्ले पारित गरेको हो । कृषि विकास मन्त्रालयको सिफारिशका आधारमा आपूर्ति मन्त्रालयले न्यूनतम समर्थन मूल्यको प्रस्ताव […]

सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

म्याग्दी। सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ । बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास्कुनाका सुन्तला खेती गर्दै आएका कृषक भीम थापाले बताए । […]

सबै जिल्लामा कृषि ‘सुपर जोन’ कार्यक्रम

कैलाली । कृषिमन्त्री गौरीशङ्कर चौधरीले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मार्फत ७५ ओटै जिल्लामा ‘सुपर जोन’ कार्यक्रम अघि बढेको बताएका छन् । पब्लिक मिडिया क्लबद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सुपर जोन कार्यकमका लागि दशवर्षीय कार्यनीति तय भएको र यसका लागि रू. एक खर्ब ३० अर्ब खर्च गर्ने लक्ष्य रहेको बताए । बसौटी, उदासीपुर, मसुरिया र पहलमानपुरलाई […]

तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

इनरुवा। जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार एक कार्यक्रमको आयोजना गरेर तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा देवानगञ्जका तरकारी कृषक देवानन्द मेहता, पकलीका च्याउ कृषक दीपक आचार्य र प्रकाशपुरका मौरीपालक […]

संरक्षण हुन सकेन वीरेन्द्र फूलबारी

पाल्पा। सदरमुकाम तानसेनको टुँडिखेल नजिकै रहेको ऐतिहासिक वीरेन्द्र फूलबारीको अवस्था नाजुक बन्दै गएको छ । तानसेनको विकासमा थप टेवा पु¥याउने उद्देश्यले झन्डै ३६ वर्ष अगाडि निर्मित सो फूलबारी यतिखेर स्याहार संरक्षणको पर्खाइमा छ । तानसेन नगरपालिका प्राङ्गणको टँुिडखेल मैदान, बसपार्क नजिकै रहेको वीरेन्द्र फूलबारीले जो कोहीलाई मोहित पारेको थियो । अहिले यसको स्याहारसुसारमा कसैले चासो […]

राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट कृषक सम्मानित

धनगढी। कृषि विकास कार्यालय कैलालीले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा धनगढी बोराडाँडीका कुखुरापालन व्यवसायी विवेक भट्ट, कैलाली सुगरखालका फलफूल खेतीमा संलग्न नवलसिंह रावल र तरकारी खेतीमा संलग्न अत्तरिया नगरपालिका–१२ गेटीका मन्त्री रानालाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु १० […]