जानकारी

उद्यम गर्न चाहनु हुन्छ ? प्रस्ताव ल्याउनुस्, सरकारले सहयोग गर्छ

काठमाडौं । गाउमै बसेर युवायुवति मिलेर कृषि, पशुपन्छी, विज्ञान र सूचना प्रविधिसम्बन्धी कुनै उद्योग वा इलम गर्न चाहनुभएको छ ? यसका लागि एउटा व्यवसायिक प्रस्ताव बनाएर सरकारलाई बुझाउनुहोस् । तपाईको प्रस्तावमा सरकारले लगानी गर्न इच्कुक छ । तर, यसका लागि सामूहिक रुपमा संगठित दर्तावाला संस्था भने आवश्यक हुन्छ । राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित […]

कृषि विभागले माग्यो १ हजार २२ जना कृषि प्राविधिक

काठमाडौं। सरकारले ल्याएको ‘एक गाउँ विकास समिति एक कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत देशका ७३ जिल्लामा १ हजार २२ जनाका लागि आवेदन माग गरेको छ। कृषि विकास मन्त्रालयको कृषि विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै देशका ७३ जिल्लाका जिल्ला कृषि बिकास कार्यलय मातहातमा गाउँ विकास समितिमा काम गर्ने गरी अस्थायी पदका लागि आवेदन माग गरेको हो। […]

एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी

पोखरा। पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष ५० हजार आम्दानी गरेकी छन्। नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उनले बताइन्। “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी  दुई सय […]

चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरणको लागि सात करोड बजेट

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले बिहीबार एक कार्यक्रम गरि बजेट सार्वजनिक गरेको छ ।जिल्लाका राजनीतिक पार्टी प्रतिनिधि, कृषक समूह, अगुवा कृषक र कृषि प्रविधिकहरुको उपस्थितिमा उक्त बजेट सार्वजनिकीकरण गरिएको हो । परियोजना प्रमुख बरिष्ट कृषि विकास अधिकृत सोमनाथ घिमिरेले दिनु भएको जानकारी अनुसार प्रधानमन्त्री कृषि आनुनिकीकरणका तीन संभागको लागि सरकारले सात करोड ३० […]

रूकुममा व्यवसायिक उखु खेती

रुकुम। जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा उखु खेती गरिएको छ। मुसीकोट नगरपालिका वडा नं. ५ ट्यावाखोलाका दलवहादुर बोहराले व्यवसायिक रुपमा उखु खेती गरेका हुन्। थोरै मेहनतमा राम्रो आम्दानी हुने हुँदा उखु व्यवसाय गरेको वोहराले बताए। उनले धान, मकै, गँहु लगाउने १८ रोपनी जग्गामा ११ हजार उखुका वोट लगाएका छन्। जिल्ला कृषि विकास वैंकबाट १० लाख […]

तरकारी खेती गरेपछि विदेश जान मन लागेन

डडेल्धुरा। लामो समयदेखि भारतमा चौकीदारी गरेको पैसाले घरखर्च धानिरहेका अमरगढी नगरपालिकाका पदमबहादुर ऐर हाल घरमै तरकारी खेती गर्न व्यस्त भएका छन् । तकारी खेती सुरु गरेपछि उनको कमाउनका लागि विदेश जाने मोहसमेत भंग भएको छ । गाउँमै व्यावसायिक तरकारी खेती गरेर भारतमा भन्दा राम्रो आम्दानी हुन थालेपछि उनी तीन वर्षदेखि रोजगारी खोज्दै हिँडेका छैनन् । […]

चिया किसानका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं। साना चिया किसानले चियाको मूल्य नपाएकोलगायतका समस्या समाधानका लागि कृषि विकास मन्त्रालयले अधिकार सम्पन्न कार्यदल गठन गरेको छ । कार्यदलले १८ वर्षदेखि हरियोपत्तीको मूल्य नबढेको, किसानले निर्माण गर्दै गरेको चिया कारखानालाई अनुदान कटौती भएको र अक्सन मार्केट सञ्चालन गर्नुपर्नेलगायतका किसानका माग सम्बोधन गर्न सिफारिस गर्ने भएको छ । चिया तथा कफी विकास बोर्डका अध्यक्ष […]

एकै वडामा चौधवटा दुध डेरी

ईलाम। केही समयअघिसम्म मिरमिरे बिहानीसँगै दूध बेच्न हतारो हुुने देउमाई नगरपालिका–१ सावजुुङका दुुग्ध उत्पादक किसानलाई अहिले निकै सहज भएको छ । सहकारीमार्फत दूध बेच्दा बिहान सबेरै काम नगरे दूधै नबिक्ने, तापक्रम बढ्दा दूध फाट्ने र बन्द हड्तालका समयमा दूध खेर जाने समस्याबाट हैरान किसानलाई पछिल्लो समय गाउँमै दूध प्रशोधन गर्ने डेरी स्थापना भएसँगै राहत भएको […]

हाते ट्रयाक्टर चलाउदैमा फुर्सद छैन गोपाललाई

लमजुङ । सुन्दरबजार–६, घर्तीटोलका गोपाल घर्तीलाई अहिले खाना खाने फुर्सदसमेत छैन । बिहानैबाट बेलुकीसम्म उहाँ खेतबारी जोत्नमै व्यस्त हुनुहुन्छ । बिहानैबाट खेतबारीमा हाते ट्रयाक्टर पुर्याएर खेतबारी जोत्ने कामले उहाँलाई फुर्सद छैन । खेतबारी जोत्ने हाते ट्रयाक्टर साथमा भएसँगै उहाँको व्यस्तता बढेको हो । व्यस्तता बढेसँगै आम्दानी पनि राम्रै भएको छ । उहाँलाई फोनबाटै पहिले नै […]

सुन्तला खेतीमा रमाउँदै पूर्णबहादुर

पर्वत । पाङराङ– ८ का पूर्णबहादुर कुँवरलाई यतिबेला सुन्तला विक्री गर्न भ्याई नभ्याई छ । विसं २०६२ देखि व्यावसायिक रूपमा सुन्तला खेती शुरू गरेका कुँवरले अहिले यसलाई गतिलो आम्दानीको स्रोत बनाउन सफल भएका छन् । सुन्तला खेतीलाई व्यवसायको रूपमा अँगालेका कुँवरले वर्षेनि आम्दानी बढाउँदै लगेका छन् । २०७० सालमा २ लाख, २०७१ मा ३ लाख […]