जानकारी

रूकुममा व्यवसायिक उखु खेती

रुकुम। जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा उखु खेती गरिएको छ। मुसीकोट नगरपालिका वडा नं. ५ ट्यावाखोलाका दलवहादुर बोहराले व्यवसायिक रुपमा उखु खेती गरेका हुन्। थोरै मेहनतमा राम्रो आम्दानी हुने हुँदा उखु व्यवसाय गरेको वोहराले बताए। उनले धान, मकै, गँहु लगाउने १८ रोपनी जग्गामा ११ हजार उखुका वोट लगाएका छन्। जिल्ला कृषि विकास वैंकबाट १० लाख […]

तरकारी खेती गरेपछि विदेश जान मन लागेन

डडेल्धुरा। लामो समयदेखि भारतमा चौकीदारी गरेको पैसाले घरखर्च धानिरहेका अमरगढी नगरपालिकाका पदमबहादुर ऐर हाल घरमै तरकारी खेती गर्न व्यस्त भएका छन् । तकारी खेती सुरु गरेपछि उनको कमाउनका लागि विदेश जाने मोहसमेत भंग भएको छ । गाउँमै व्यावसायिक तरकारी खेती गरेर भारतमा भन्दा राम्रो आम्दानी हुन थालेपछि उनी तीन वर्षदेखि रोजगारी खोज्दै हिँडेका छैनन् । […]

चिया किसानका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं। साना चिया किसानले चियाको मूल्य नपाएकोलगायतका समस्या समाधानका लागि कृषि विकास मन्त्रालयले अधिकार सम्पन्न कार्यदल गठन गरेको छ । कार्यदलले १८ वर्षदेखि हरियोपत्तीको मूल्य नबढेको, किसानले निर्माण गर्दै गरेको चिया कारखानालाई अनुदान कटौती भएको र अक्सन मार्केट सञ्चालन गर्नुपर्नेलगायतका किसानका माग सम्बोधन गर्न सिफारिस गर्ने भएको छ । चिया तथा कफी विकास बोर्डका अध्यक्ष […]

एकै वडामा चौधवटा दुध डेरी

ईलाम। केही समयअघिसम्म मिरमिरे बिहानीसँगै दूध बेच्न हतारो हुुने देउमाई नगरपालिका–१ सावजुुङका दुुग्ध उत्पादक किसानलाई अहिले निकै सहज भएको छ । सहकारीमार्फत दूध बेच्दा बिहान सबेरै काम नगरे दूधै नबिक्ने, तापक्रम बढ्दा दूध फाट्ने र बन्द हड्तालका समयमा दूध खेर जाने समस्याबाट हैरान किसानलाई पछिल्लो समय गाउँमै दूध प्रशोधन गर्ने डेरी स्थापना भएसँगै राहत भएको […]

हाते ट्रयाक्टर चलाउदैमा फुर्सद छैन गोपाललाई

लमजुङ । सुन्दरबजार–६, घर्तीटोलका गोपाल घर्तीलाई अहिले खाना खाने फुर्सदसमेत छैन । बिहानैबाट बेलुकीसम्म उहाँ खेतबारी जोत्नमै व्यस्त हुनुहुन्छ । बिहानैबाट खेतबारीमा हाते ट्रयाक्टर पुर्याएर खेतबारी जोत्ने कामले उहाँलाई फुर्सद छैन । खेतबारी जोत्ने हाते ट्रयाक्टर साथमा भएसँगै उहाँको व्यस्तता बढेको हो । व्यस्तता बढेसँगै आम्दानी पनि राम्रै भएको छ । उहाँलाई फोनबाटै पहिले नै […]

सुन्तला खेतीमा रमाउँदै पूर्णबहादुर

पर्वत । पाङराङ– ८ का पूर्णबहादुर कुँवरलाई यतिबेला सुन्तला विक्री गर्न भ्याई नभ्याई छ । विसं २०६२ देखि व्यावसायिक रूपमा सुन्तला खेती शुरू गरेका कुँवरले अहिले यसलाई गतिलो आम्दानीको स्रोत बनाउन सफल भएका छन् । सुन्तला खेतीलाई व्यवसायको रूपमा अँगालेका कुँवरले वर्षेनि आम्दानी बढाउँदै लगेका छन् । २०७० सालमा २ लाख, २०७१ मा ३ लाख […]

तरकारी अब अनलाइन सपिङमा

नुवाकोट। गाउँमा उत्पादन हुने काउली, बन्दा, फलफूललगायत स्थानीय उत्पादनलाई प्रचारमा ल्याउन वेभसाइट सञ्चालनमा आएको छ । नुवाकोटको चतुराले गाउँका स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि पर्यटन व्यावसायी बासुदेव पाण्डे र अर्जुन पाण्डेको संयुक्त प्रयासमा www.chaturale.com मार्फत अब अनलाइन सपिङ हुने भएको हो । शनिबार चतुराले बजारमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटा र डा. हेली साओले […]

आलु खेती र यसको तयारी

आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । संसारका १ सय २५ भन्दा वढि देशमा आलु उत्पादन हुने गरेको छ । अधिकासं देशहरुमा तरकारीका परिकारमा आलुको प्रयोग गरेको पाईन्छ । आलुलाई सर्वमान्य तरकारी वालीका रुपमा मात्र हैन यसका विभिन्न वहुआयमिक परिकारहरु वनाउन सकिन्छ । नेपालमा पनि आलुको उत्पादन उल्लेख्य रुपमा रहेको छ । नेपालमा खेति किसानी […]

सुर्खेतमा नेपालकै पहिलो अत्याधुनिक गोदाम बन्दै

सुर्खेत । सुर्खेतमा नेपालकै पहिलो अत्याधुनिक खाद्यान्न भण्डार (गोदाम) बन्ने भएको छ । प्रस्तावित ६ नम्बर प्रदेशको खाद्य सुरक्षालाई केन्द्रविन्दुमा राखेर कर्णालीमा उत्पादित गेडागुडीलगायत खाद्यान्न भण्डारणका लागि सुर्खेतमा वातानुकूल गोदाम बनाउन लागिएको हो । जापान सरकारको सहयोगमा २ सय मेट्रिक टन क्षमताको गोदाम निर्माणका लागि ३ करोड रुपैयाँ सहयोग प्राप्त भएको नेपाल खाद्य संस्थान शाखा […]

अनुदानमा च्याउको बीउ वितरण

रोल्पा। जिल्ला कृषि विकास कार्यालयले आव २०७३÷७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७०० बोत्तल च्याउको बीउ वितरण गरेकोे छ ।कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १२०, होलेरीले १००, इरिबाङले १००, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न गाविसमा २२० बोत्तल च्याउको बीउ वितरण गरेको छ । कृषकको सहजताका लागि […]