जानकारी

किसानलाई आलुको बीउ वितरण

पर्वत। जिल्ला कृषि विकास कार्यालय पर्वतले १० टन आलुको बीउ वितरण गरेको छ । धान र कोदो थन्क्याइसकेपछि हिउँदे खेती गर्न कार्यालयले किसानलाई आलुको बीउ वितरण गरेको हो ।जिल्लाका विभिन्न गाविसका कृषकलाई ढुवानी अनुदानमा आलुको बीउ वितरण गरिएको हो । स्याङ्जाको गल्याङ क्षेत्रमा उत्पादित आलु बुटवलबाट ढुवानी अनुदानमा कृषकलाई उपलब्ध गराइएको हो । कृषकलाई प्रतिकिलो […]

मोरङमा धान उत्पादनमा वृद्धि

विराटनगर। मोरङमा गत वर्षको तुलनामा १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । पर्याप्त वर्षा, रासायनिक मलको अभाव नहुनु, उन्नत बीउ वितरण, सघन धानखेतीको प्रयोग र यान्त्रिकरणको माध्यमबाट धानबाली रोप्नेलगायतका कारण उत्पादनमा वृद्धिको अनुमान गरिएको हो । गत वर्ष ७८ हजार हेक्टरमा गरिएको धानखेतीबाट तीन लाख १२ हजार मेट्रिक टन उत्पादन भएको थियो […]

काठमाडौंमा माछा महोत्सव तथा परिकार प्रतियोगिता हुने

फाइल तस्बीर : दोश्रो राष्ट्रिय मत्स्य महोत्सव काठमाडौं । राजधानीमा पाँचदिने माछा महोत्सव तथा परिकार प्रतियोगिता हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घले भृकुटीमण्डपमा सो महोत्सव आयोजना गर्ने भएको हो । सङ्घले आगामी मङ्सिर ९ गतेदेखि तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताको आयोजना गरेको हो । स्वदेशी माछाको बजार प्रवद्र्धन गर्न सङ्घले महोत्सवको […]

सामूहिक लगानीमा कृषि

म्याग्दी। स्वदेशमा काम पाइएन भन्दै वर्षेनी युवाहरु विदेशीने गरे पनि म्याग्दीमा भने केही युवाले सामूहिक लगानीमा कृषि पेसा सुरु गरेका छन् । बेनी नगरपालिका–१२ चिप्लेटीमा तीन युवा मिलेर संयुक्तरुपमा लगानी गरी व्यावसायिक कृषि पेसा सुरु गरेका हुन् । चिप्लेटीका युवा सञ्जय कुँवर, बेनपा–११ पुलाडाँडाँका रेशमबहादुर बाँनिया र कृष्णबहादुर बाँनियाले संयुक्त कृषि पेसा अपनाएका छन् । […]

पाल्पामा धान उत्पादन पन्ध्र प्रतिशतले वृद्धि

पाल्पा । यहाँका किसान दसँैतिहार सकेर धान काट्न, सुकाउन, खलो बनाउन, दाई लगाउने चटारोमा छन् ।बिहानदेखि साँझसम्म खेतको धान भित्र्याउन किसानको चहलपहल बढेको हो । यस वर्ष समयमा वर्षा भएको र रोग तथा कीराले नसताएकाले धानको बाला राम्रो हुनुका साथै बढी फलेको देखिन्छ । रुप्से गाविस– २, खहरेखोलाकी शान्ति कोइरालले विगतका वर्षको तुलनामा यसवर्ष धानबाली […]

कार्तिकको दोश्रो हप्तासम्म मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अझै आठ करोडको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए । ‘गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ […]

अम्रिसो खेतीबाट आम्दानी

पाल्पा । जल्पा गाविस–४ मा रहेको ढापडाँडा घडेरी थुम्का सामुदायिक वनका उपभोक्ता समितिहरुले अम्रिसो खेतीबाट आम्दानी लिन थालेका छन् ।अम्रिसो खेती गरेपछि वन क्षेत्र हराभरा तथा त्यसिको भू–संरक्षण समेत भएको छ । उपभोक्ताले तीन वर्षअघि पाँच हेक्टर क्षेत्रफलमा १५ हजार अम्रिसोको बिरुवा रोपेका हुन् । गत आवमा उक्त सामुदायिक वनले रू. दुई लाख आम्दानी गरेको […]

फूल किसानहरु खुशी र तनावमा

धनकुटा । तिहारलाई लक्षित गरेर लगाएको सयपत्री फूल कसैको ठीक समयमा र कसैको तिहार पछि मात्र फुल्ने भएपछि धनकुटाका फूल किसानहरु यतिबेला खुशी र तनाव दुवैमा देखिन थालेका छन् । वर्षको एक पटक तिहारमा मात्र अत्यधिक फूलको व्यापार हुने तर त्यो भन्दा अघि–पछि फूलको कुनै कारोबार नहुने भएपछि किसानहरुमा हर्ष र विस्मातको स्थिति आएको हो […]

बाँकेमा दैनिक करिब दुई लाख लिटर दुध उत्पादन

नेपालगन्ज। बाँके जिल्लामा दैनिक करिब दुई लाख लिटर दुध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा दैनिक एक लाख ९८ हजार ७ सय ८० लिटर दुध उत्पादन हुन्छ । दुधबाट बाँके जिल्ला आत्मनिर्भर हुन थालेको पशुसेवा कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार दुध उत्पादन बढेपछि भारतबाट आउने दुधको माग […]

नवलपरासीमा यसवर्ष धानको उत्पादन बढ्यो

नवलपरासी। यस वर्ष नवलपरासीमा धान उत्पादन बढ्ने भएको छ। जिल्ला कृषि कार्यालयले जिल्लामा यस वर्ष जिल्लामा २० देखि २५ प्रतिशतसम्म उत्पादन बढ्ने जनाएको छ। प्रशस्त पानी परेको, समयमा बिउ र मल उपलब्ध भएका कारण धान उत्पादन बढेको कृषि कार्यालयका बाली विकास अधिकृत श्रीधर पौडेलले जानकारी दिए। नवलपरासीमा मनसुली, सावित्री तथा अन्य उत्नत जातका धानको धेरै […]