अर्थ/बजार

खाद्य संस्थानले आइतबारदेखि च्याङ्ग्राको बिक्री सुरु गर्ने

काठमाडौं । दसैंका लागि मुस्ताङबाट सात सय पचास च्याङ्ग्रा खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालयमा ल्याई पुर्यााइएको छ । शनिबार बिहान आइपुगेको च्यांग्राको संस्थानले मुल्य तय गरी आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ ।संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले […]

सुर्खेतमा खसीबोकाबाट वार्षिक ३० करोडभन्दा बढी कमाइ

सुर्खेत । सुर्खेत जिल्लाले खसीबोका निर्यात गरी वार्षिक ३० करोडभन्दा बढी आम्दानी गरेको छ । गतआवमा सुर्खेतबाट ३० हजारदेखि ३५ हजार खसीबोका निर्यात भएका थिए । सुर्खेतलगायत यस क्षेत्रका खसीबोका प्रायः पोखरा र काठमाडौं निर्यात हुने गर्दछ । जिल्ला पशु सेवा कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा खसीबोकाबाट मात्रै ३० करोड बढी आम्दानी गर्न सफल […]

विदेशबाट छुर्पीको माग बढेपछि मूल्य पनि बढ्यो

ताप्लेजुङ। युरोप, अमेरिकाबाट छुर्पीको माग उच्च भएपछि मूल्य पनि बढेको छ। दुईचार वर्षअघिसम्म मुस्किलले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको चौंरीको दूधबाट उत्पादित छुर्पीको मूल्य अहिले एक हजार रुपैयाँ पुगेको छ । दुईचार वर्षको अन्तरालमै छुर्पीको मूल्य झन्डै तेब्बरले बढेपछि यसका पारखी चकित छन् । हिमाली भेगका घाँसे मैदानमा चर्ने चौंरीको शुद्ध दूधबाट बनाइने […]

नेपालगन्ज नाकाबाट खसीबोका भित्रिने क्रम बढ्यो

नेपालगन्ज। दसै नजिकिँदै गर्दा नेपालगन्ज नाकाबाट खसीबोका भित्रिने क्रम बढेको छ। व्यापारीले भारतीय बजारमा खरिद गरेर ल्याएको खसी बोका नेपालगन्ज नाका हुँदै काठमाडौं, पोखरा लगायत ठाउँसम्म पठाउने गरेका छन्। नेपालगन्ज, जैसपुरका पुराना व्यापारी सरिफ कुरैसीले दसैं लक्षित खसीबोका आयात गर्ने क्रम सुरु भइसकेको बताए। उनले बुधबारमात्र ६ सय २० वटा खसीबोका राजधानी पठाएका छन्। ‘असोज […]

चिनियाँ स्याउ नेपाल भित्रिन थाल्यो

रसुवा। बडा दसैँका लागि फलफूल आपूर्ति गर्न यहाँका व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले  अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग खुलेलगत्तै अहिलेसम्म ४० कन्टेनर चिनियाँ स्याउ काठमाडौँतर्फ लगिसकेको १५–२० वटा स्याउ बोकेका ट्रक भन्सार हातामा आइसकेको र लगभग १०० ट्रक स्याउ नेपाल भित्रने क्रममा रहेको बताउनुभयो । […]

कृषि बिमामा १८ करोड अनुदान

काठमाडौं। कृषि बिमाका लागि सरकारले गत आर्थिक बर्षमा १८ करोड रुपैयाँ वितरण गरेको छ ।यस रकममध्ये १४ करोड ८७ लाख रुपैयाँ बिमा समितिले बिमा कम्पनीहरूलाई भुक्तानी गरिसकेको छ भने ५ करोड ८८ लाख रुपैयाँ भने भुक्तानी हुन बाँकी छ । कृषकहरूलाई कृषि बिमाका लागि प्रेरित गर्न सरकारले अनुदानको व्यवस्था गरेको हो । सरकारले विगत तीन […]

ओखरको व्यापार फस्टाउँदै

डडेल्धुरा। जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यपार गर्दैआउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ बराबरको ओखरको खरिद बिक्री हुन्छ । स्याउलेका अधिकांश व्यापारीले […]

जुम्लाबाट १५ सय मेट्रिक टन स्याउ निर्यात

जुम्ला। जुम्लाबाट यो बर्ष हालसम्म १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भएको छ । नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, धनगढी र काठमाडौं लगाएतका शहरमा स्याउ निर्यात भएको हो । जुम्लाको स्याउ निर्यात हुने क्रममा रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गतवर्ष जुम्लाबाट ३४ करोडको स्याउ निर्यात भएकोमा यो बर्ष उत्पादनमा २५ […]

अलैंचीको मूल्यमा भारी गिरावट भएपछी किसान चिन्तित

पाँचथर । अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालले नयाँ उत्पादनको पाँच मन अलैंची प्रतिमन (४० केजी) ६० हजार रुपैयाँमा खरिद गरे । गत वर्षको तुलनामा ५० प्रतिशत कम मूल्यमा उनले अलैंची खरिद गरेका हुन् । पाँचथर उद्योग वाणिज्य संघका उपाध्यक्ष यामनाथ काफ्लेले पनि उत्तिनै मूल्यमा १० मन अलैंची खरिद गरेको बताए । गत वर्ष […]

कृषिजन्य वस्तु निर्यातभन्दा आयात ८ गुणा बढी

काठमाडौं। नेपालमा दैनिक ५० करोड रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात हुने गरेको छ । निर्यात भने दैनिक ६ करोड ३० लाख रुपैयाँबराबरको हुने गरेको छ । कृषिजन्य वस्तुमा निर्यातभन्दा आयात ८ गुणाभन्दा बढी छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा आयात १५ अर्ब १३ करोड र निर्यात १ अर्ब ८९ करोड रुपैयाँबराबरको भएको […]