काठमाडौं। गएका वर्षहरु झै यस वर्षको भ्यालेन्टाइन डेको लागि  भारतबाट गुलाफ आयात हुन सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको संघारमा सात दिनअघिदेखिनै गुलाफको बिक्री सुरु हुने गरेको छ । पुष्प व्यवसायीहरुले नजिकिएको भ्यालेन्टाइन डेको लागि २ लाख २० ओटा (स्टीक) गुलाफको अडर आइसेको बताएका छन् ।

जसमा ५० हजार स्टीक आन्तरिक उत्पादन भने १ लाख ७० हजार स्टीक गुलाफ फेब्रुवरी १३ सम्ममा भारतबाट मुलुकमा भित्रिसक्ने व्यवसायीहरुले बताएका छन् ।

यो भ्यालेन्टाइन डेको लागि खुद्रा पुष्प व्यवासयीहरुबाट २ लाख २० हजार स्टीक गुलाफको माग भएको छ । सो माग गएको वर्षभन्दा करिब १६ प्रतिशत बढी हो, गएको वर्षको भ्यालेन्टाइन डेमा १ लाख ९० हजार स्टीक गुलाफको कारोबार भएको थियो । प्रत्येक वर्ष २०र३० हजार गुलाफको माग बढीरहेको  छ ।

पुष्पा व्यवसायीहरुका अनुसार यो भ्यालेन्टाइनमा प्रतिस्टीक गुलाफ ५० देखि ११० रुपैयाँसम्ममा उपलब्ध हुनेछ । हाल बजारमा १३र१४ किसिमका गुलाबहरु उपलब्ध छन् । जसमध्ये भ्यालेन्टाइनको समयमा ९० प्रतिशत रातो गुलाब खपत हुदै आएको छ ।