काठमाडौं। भारत सरकारले घरेलु किसानलाई सुरक्षा गर्न चिनीमा लगाउँदै गरेको आयात शुल्कलाई दुई गुणा वृद्धि गरेर शतप्रतिशत पुर्याएको छ । हाल चिनी आयात गर्दा ५० प्रतिशत भन्सार शुल्क लाग्छ । भारतले आन्तरिक उत्पादन बढाउन र उद्योग तथा किसानलाई संरक्षण गर्न यस्तो गरेको हो ।
केन्द्रीय उत्पादन एवम् सीमा शुल्क बोर्ड सीबीईसीद्वारा जारी सूचनामा भनिएको छ, ‘सबै किसिमका कच्चा, प्रशोधित वा सेतो चिनीमा आयात शुल्क हालको ५० प्रतिशतबाट बढाएर शतप्रतिशत पुर्याउने निर्णय गरिएको छ । ’बढेको कर तत्कालबाट लागू हुन्छ र उक्त कर कहिलेसम्म लाग्छ भन्ने तोकिएको छ्रैन ।
चिनी उद्योगको तथ्याङ्कअनुसार, सन् २०१६–१७ मा २०.३ मिलियन टनको तुलनामा चालु २०१७–१८ को व्यापारिक वर्ष (अक्टोबर–सेप्टेम्बर) मा ४ प्रतिशतले बढेर २६.१ मिलियन टन चिनी उत्पादन हुने अनुमान छ । यस वर्ष आन्तरिक खपत २५ मिलियन टन हुने आँकलन गरिएको छ ।