अर्थ/बजार

पाँचथरबाट १४ करोड रुपैयाँ बढीको अकबरे निर्यात

फिदिम । यो वर्ष पाँचथरबाट १४ करोड रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी जिल्लाबाहिर निर्यात भएको छ । आर्थिक वर्ष ०७३ र ०७४ मा प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड ३४ लाख ५० हजार रुपैयाँको खुर्सानी जिल्लाबाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए । १९७ हेक्टर क्षेत्रफलमा […]

भारतीय केराको आयात रोक्न माग

कैलाली। कञ्चनपुरका केरा उत्पादक किसानले भारतीय केराको आयात रोक्न माग गरेका छन् । भारतीय केरा आयातमा लगाइएको भन्सार शुल्क नियमअनुसार बढाएर आयातलाई निरुत्साहित गर्न माग गरेका हुन् । क्वारेन्टाईन चेकजाँचविना आयात हुने केरासंग प्रतिस्पर्धा गर्न नसक्दा नेपालको केरा व्यवसाय धरासायी हुने जोखिम बढेको छ । भारतीय उत्पादन सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उत्पादन […]

पर्यटन प्रवद्र्धनसँगै प्रांगारिक उत्पादन

नुवाकोट। स्थानीय पञ्चकन्या फार्म हाउसले कृषिजन्य वस्तुलाई रसायनमुक्त गरी प्रांगरिक उत्पादन गर्न थालेको छ । स्थानीय गाउँलाई ‘प्रांगरिक गाउँ’ रुपमा रुपान्तरण गरी पर्यटन क्षेत्रको विकास गर्न यस्तो अभियान अगाडि सारिएको हो । काठमाडौंबाट करिब ५० किलोमिटरको दूरीमा रहेको पञ्चकन्या गाउँपालिका–३ मा धान, कोदो, मकै, अदुवा, कफी, सागसब्जीलगायत तरकारीको प्रांगरिक उत्पादन गरिएको छ । खसी, बोका […]

दाङ अण्डामा आत्मनिर्भर

दाङ। दाङ अण्डामा आत्मनिर्भर बनेको छ । जिल्ला पशु विकास कार्यालय दाङका अनुसार जिल्लामा उत्पादित ९० प्रतिशत अण्डा निर्यात हुने गरेको छ । जिल्लामा ८४ जना कृषकले सञ्चालन गरेको कुखुरा फर्ममा सात लाखभन्दा बढी लेयर्स कुखुरा रहेको र तीबाट दैनिक साढे दुई लाख अण्डा उत्पादन हुने गरेको जानकारी कार्यालय प्रमुख चन्द्रबहादुर रानाले दिनुभयो । उहाँका […]

जलस्रोत नीति ल्याउने सरकारी तयारी

काठमाडौं । सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा […]

मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटका किसान मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । पहिला पहिला परम्परागत रुपमा मौरीपालन गर्ने सो ठाउँका किसान मौरीपालन व्यवसायबाट आम्दानी गर्न थालेका जिल्ला लघु उद्यमी समूह संघ डिमेगा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो । वि स २०५९ सालदेखि आधुनिक मौरीपालन व्यवसायमा लागेका भट्टले आफूले मौरीपालनबाटै बार्षिक ७ […]

चिनीमा लफडा:सेतो चिनी कालो खेल

काठमाडौं । पछिल्लो समयमा तेस्रो मुलुकबाट हुने चिनी आयात रोकिने भएको छ । भन्सार मूल्यांकनमा आएको विवादका कारण वीरगञ्ज र बिराटनगर नाकामा आएका चिनी पनि भन्सार पास नभएको ब्यापारीहरुले बताएका छन् । पाकिस्तानबाट सस्तो चिनी आउन थालको भन्दै आयातकर्ताहरु ब्यापारीहरुले चिनीको मूल्य सूचना घटाउन दबाव दिइरहेका छन् । स्वदेशी चिनी उत्पादक भने सस्तो विदेशी चिनीले नेपाली उत्पादनलाई […]

कृषि उपज भण्डारणको रसिद धितो राखी प्रभूले किसानलाई ऋण दिने

बाँके।  बाँकेको कोहलपुर क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमीटेडमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कृषि भण्डारण कर्जा प्रदान गर्न थालिएको छ । प्रभु बैंक लिमिटेडको कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था लिमीटेड र यु.के.एड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जा प्रवाहको एक समारोहका बीच  उद्घाटन गरिएको छ । […]

खेतीयोग्य जमीन बाँझो राख्न नपाइने

पोखरा। प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ । प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा यहाँ आज आयोजित ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)’ विषयको अन्तक्र्रियामा उहाँले गाउँ तथा शहरका […]

हेलम्बुलाई स्याउको सहर बनाउने तयारी

हेलम्बु।  हेलम्बुका किसानले आफ्नो ठाउँलाई स्याउको सहर बनाउने तयारी गरेका छन्। प्राविधिक सहयोग बिना आफै उत्साही भएर हेलम्बुलाई स्याउको सहरका रूपमा स्थापित गर्न व्यावसायिक खेतीमा जुटेका स्थानीय स्याउका बोटमा फूल खेल्न थालेपछि खुसी भएका छन्। गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराकोबाट स्याउका बोटलाई जोगाउन हम्मेहम्मे परेको नाखोतेकी पेमालामु शेर्पा बताउँछिन्। उनले भारतको हिमाञ्चल प्रदेशबाट […]