सुर्खेतमा अब बाह्रै महीना सहुलियत मूल्यको चामल

सुर्खेत । नेपाल खाद्य संस्थानले सुर्खेतमा सहुलियत मूल्यको चामल विक्री शुरु गरेको छ । विभिन्न फोरमबाट स्थानीयले सहुलियत मूल्यमा गुणस्तरीय चामल पाउनु पर्ने माग राखेपछि संस्थानले खुला रुपमै चामल विक्री वितरण शुरु गरको हो । पहिलो पटक दशंै, तिहार तथा छठ जस्ता चाडपर्व लक्षित सहुलियत दरको चामल विक्री शुरु गरेको संस्थानले अब बाह्रै महीना पसल […]

सुन्तला खेतीमा रमाउँदै पूर्णबहादुर

पर्वत । चारैतर्फ हरियाली, उत्तरमा जङ्गल र दक्षिणमा कालीगडण्की । बिचमा रहेको पाङराङ गाविस, त्यहाँ फलेका लटरम्म सुन्तला । देख्दै मुखै रसाउने । अधिकांश पाकेका र केही पाक्न बाँकी सुन्तला स्यार्हान पाङराङ ८ का पूर्णबहादुर कुँवरलाई भ्याईनभ्याई छ । वि.सं. २०६२ सालदेखि व्यावसायिक सुन्तला खेती शुरु गरेका कुँवरले अहिले सुन्तला खेतीलाई गतिलो आम्दानीको स्रोत बनाउन […]

झापाका साना किसान चिया व्यवसायी दोस्रो चरणको आन्दोलनमा

झापा । साना किसान चिया व्यवसायी सङ्घ नेपाल झापाले आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष पुर्णकुमार कार्कीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोडमा ५६ दिनसम्म शान्तिपूर्ण धर्ना गर्दा समेत कसैले माग सुनुवाइ गर्न चासो नदेखाएकाले मङ्सिर ७ बाट १३ […]

भारतीय चामल आयातले नेपालका चामल उद्योग धराशायी

मोरङ। मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् । नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् । चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा भारतबाट सस्तो मूल्यमा यहाँका खुद्रा व्यापारीले चामल आयात गर्ने गरेको बताउँछन् । भारतबाट आयात गरेको चामलको तुलनामा करिडोर क्षेत्रका उद्योगले उत्पादन […]

माछा पालेर भाइ र छोरा चिकित्सक

सप्तरी। सिरहाका पाण्डव मण्डल र सप्तरीका बलराम यादवले छोरा र भाइलाई डाक्टर मात्रै बनाएनन् झन्डै २५ जनालाई रोजगारी दिनुभयो र थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाउनुभयो । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले पूरा गरिदिए । नेपाल सरकारको प्राविधिक […]

चितवनमा पुस पहिलो हप्तामा मत्स्य महोत्सव

 —  बिल अधिकारी चितवन ।आगामी पुस महिनामा भरतपुरको औद्योगिक प्रदर्शनी स्थलमा दोस्रो चितवन मत्स्य महोत्सव २०७३ हुने भएको छ । दोस्रो मत्स्य महोत्सवको अवसरमा सरोकारवालाबीच राखिएको अन्तरक्रिया कार्यक्रममा नेपाल मत्स्य व्यवसाय संघ चितवनले पुसको १ देखि ५ गतेसम्म सञ्चालन गर्न लागेको जानकारी दिइएको हो । कृषि प्रधान देश नेपालमा ६६ प्रतिशत जनताको जीविकोपार्जनको स्रोत कृषि […]

कृषि शिक्षामा आकर्षण बढ्दो

चितवन । खाद्य उत्पादनको महत्त्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा ३ हजार ९ सय ४ […]

किबीले चिनायो फणिन्द्रलाई

हेटौंडा । थाहा नगरपालिका १४–बज्रबाराही, चुुलीपरानका किबी कृषक फणिन्द्रनाथ सुवेदीलाई अहिले किबीखेतीका बारेमा सोध्नेहरु धेरै बढेका छन् । उनको बारीमा लटरम्म पाकेको किबी हेर्ने अवलोकनकर्तासँगै खरीद गर्ने ग्राहकको पनि घुँइचो लाग्न थालेको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाका विभिन्न विधामा उत्कृष्ट १९ जना कृषकलाई पुरस्कृत गर्ने क्रममा किबी कृषक सुबेदीलाई पनि उत्कृष्ठ ठह¥याएपछि […]

चितवनमा व्यवसायिक कृषिमा आकर्षण बढ्दो

चितवन । सर्लाही सिमराका रामेश्वर पण्डितले विगत ४ वर्षदेखि भरतपुरस्थित कृष्णपुरमा तरकारीको बिरुवा उत्पादन गर्दै आएका छन् । वार्षिक ५५ हजार रूपैयाँ भाडा तिर्ने गरी करिब २४ कठ्ठा जग्गा भाडामा लिएका छन् । बिरूवा उत्पादनसँगै तरकारी पनि उत्पादन गर्दै आएका उनले कठ्ठामा आठ हजार रूपैयाँ लगानी गर्दा खर्च कटाएर वर्षमा प्रतिकठ्ठा २० हजार रूपैयाँभन्दा बढी […]

बारामा एक अर्बको धान उत्पादन

कलैया। यस वर्ष जिल्लामा रु एक अर्ब २१ करोड ५६ लाख ५४ हजार बराबरको ५५ हजार दुई सय ५७ मेट्रिक टन भदैया धान उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार आव २०७२/७३ मा किसानले १३ हजार एक सय ५६ हेक्टर क्षेत्रफलमा हर्दिनाथ–१, चैते १, चैते ४ र राधा ४ जातको भदैया […]