मोरङ। मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् ।
नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् । चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा भारतबाट सस्तो मूल्यमा यहाँका खुद्रा व्यापारीले चामल आयात गर्ने गरेको बताउँछन् ।
भारतबाट आयात गरेको चामलको तुलनामा करिडोर क्षेत्रका उद्योगले उत्पादन गर्ने चामल महँगो पर्ने भएकाले यहाँका उद्योग सङ्कटमा परेका हुन ।
‘स्वदेशी चामल उद्योगको प्रवद्र्धनका लागि सरकारले सहुलियत प्रदान गर्नुपर्छ,’ उनले भने । चामल उद्योगी श्रवण अग्रवालका अनुसार भारतीय चामलको आयात नरोकिए नेपाली चामल उद्योग बन्द हुने अवस्था छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गाना आव २०७२/७३ मा दुई अर्ब १७ करोड मूल्य बराबरको ६० हजार ६०० मेट्रिक टन चामल आयत भएको बताउँछन् । त्यसैगरी आव २०७३÷७४ को असोजमसान्त सम्ममा दुई अर्ब २७ करोड मूल्य बराबरको १० हजार १९२ मेट्रिक टन चामल आयात गरिएको छ । आव २०७१/७२ मा ६० हजार ६०० मेट्रिक टन चामल आयत गरिएको थियो ।