बजेटको अर्धवार्षिक समीक्षा :धानले घटायो आर्थिक वृद्धिदरको लक्ष्य

काठमाडौं। चालु आर्थिक वर्ष धान उत्पादन घटेका कारण सरकारी अपेक्षाअनुसार आर्थिक वृद्धि नहुने भएको छ। सरकारले चालू आवको बजेटमा यो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। अर्थ मन्त्रालयले बुधबार चालु आवको जेटको अर्धवार्षिक समीक्षा गर्दै आर्थिक वृद्धिदर ६ प्रतिशतले हुने जनाएको छ। चालु आवमा धान उत्पादन १.५ प्रतिशतले घट्ने अर्थ मन्त्रालयले जनाएको […]

काँचो केरा मोटोपनाको शत्रु देखि कब्जीयत हटाउने सम्म

एजेन्सी । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।यही पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ । काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ । काँचो केराका फाइदा : मोटोपनाको शत्रु : नियमती रुपमा काँचो केरा खाने […]

२२ वर्षमा पनि बनेन १२ सय मिटर नहर

भीमदत्तनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने १ हजार २ सय मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म १ हजार २ सय मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत सन्धिमा उल्लेख गरिएको छ । ‘महाकाली […]

चिसो छल्न बेंसीतिर झरेका भेडीगोठ पुनः लेकका खर्कमा फर्किन थाले

ओखलढुंगा। चिसो छल्न बेंसीतिर झरेका भेडीगोठ पुनः लेकका खर्कहरुमा फर्किन थालेका छन् । ओखलढुंगासहित पूर्वी भेगमा पालिने भेडाहरु गर्मी याम सुरुभएसंगै लेकतिर फर्काउन थालिएको हो । हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि असोजको पहिलो सातातिर हिमाली खर्कबाट भेडीगोठ बेंसीतिर झरेका थिए । करीब ६ महिना हिमाली भेग र ६ महिना बेसीका फाँटहरुमा भेडाको बासस्थान हुन्छ । […]

किन किसानले थोपा सिचाइ प्रयोग गर्ने

यो सिचाइ को एउटा तरिका हो जस्ले पानी को बचत गर्छ र बिरुवा अनि रुख को जरा मा पानी को ढिलो ढिलो सुख्न मद्दत गरि मल को धेरै उपयोग गर्न मद्दत गर्द्छ । थोपा सिचाइ वॉल्व्स, पाइप, ट्यूब्स र एमीटर्स सङ्ग जोडिएको एउटा नेट्वोर्क को मदत बाट काम गर्छ । थोपा सिचाइ प्रक्रिया मा माईक्रो […]

गर्ने हैन त बोडी खेती

हामी कहाँ मौसमका हिसाबले बोडि बिशेष गरेर बर्खा तिर लगाईन्छ तर राम्रो बजारका निम्ति र बोडि औधी मन पराउनु हुने हरुले भने चाहिँ अब बेमौसमी बोडि पनि रोप्न सकिन्छ । बोडि पोषण तत्वका हिसाबले मानिस र माटो दुवैका निम्ति महत्त्वपूर्ण बाली हो। बोडिमा प्रशस्त मात्रामा प्रोटिन, फाईबर, फस्फोरस, आईरन, कपर, पोटासियम जस्ता शरिरलाई आवश्यक पर्ने […]

मन्त्रीकै दबाबमा नियुक्ति

काठमाडौं। घाटामा गएको खाद्य संस्थानमा मन्त्रीकै दबाबमा धमाधाम कर्मचारी भर्ती गरिएको खुलासा भएको छ । संस्थानका महाप्रबन्धक कुमार दाहालका अनुसार कार्यालय सहयोगी, माली, स्विपर गरी ८७ जना आवश्यक भए पनि दबाबका कारण थप कर्मचारी भर्ती गरेको बताए । ‘८७ जनाको दरबन्दी नै छ । ती कर्मचारी भएन भने संस्थानको कामकारबाही प्रभावकारी रूपमा अगाडि बढ्नै सक्दैन,’ उनले भने, ‘अन्य […]

स्टाईलो घाँस

स्टाइलो नेपालको तराईदेखि मध्य–पहाडी क्षेत्रका रूखो, पाखो, खरबारी, बगर तथा वृक्षरोपण क्षेत्रमा लगाउन सकिने बहुवर्षीय कोसे घाँसबाली हो । यसले केही छायाँदार ठाउँमा पनि उत्पादन दिन सक्ने भएकाले वृक्षरोपण गरिएका स्थानहरूमा पनि सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कोसे घाँसबाली भएकाले यसले माटोमा वायुमण्डलीय नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यसको जरा माटोमा गहिरो जाने […]

भूकम्पपीडित कृषकले सहुलियत दरमा कर्जा कसरी पाउँछन् ?

काठमाडौं । भूकम्पपीडितहरुलाई व्यक्तिगत आवास निर्माणको लागि दुुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा हालसम्म पाँच सय ३४ जनाले उपयोग गरेका छन् । बस्नयोग्य आवासीय घर नै नभएकालाई मात्र उपलब्ध गराउने यस कर्जा हालसम्म २२ वटा बैंक तथा वित्तीय संस्था मार्फत पाँच सय ३४ जनाले उपयोग गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । […]

कुखुराको खोर व्यवस्थापन कसरी गर्ने ?

कुखुराको खोर वातावरणको अवस्थामा ध्यान दिएर निर्माण गर्नुपर्छ । खोर निर्माण गर्दा चिसो, तातो, हावा, पानीबाट रक्षा गर्ने हिसाबले बनाउनुपर्छ । कुखुरा रहेको ठाउँमा हावा जाने आउने ठाउँ हुनुपर्छ र बाह्य परभक्षीलाई रोक्ने खोर बनाउनुपर्छ । विभिन्न किसिमका खोरहरू आफूलाई अनुकूल हुने हिसाबले बनाउन सकिन्छ । जस्तै : पक्की इँटाको गारो लगाएर तथा बाँसको चोयाले […]