काठमाडौंमा साकाहारी सम्मेलन

काठमाडौं। दुईदिने एसिया प्यासीफिक शाकाहारी सम्मलेन आजबाट राजधानीमा शुरु भएको छ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा शुरु भएको सो सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले मानव मनोविज्ञानबाट हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति उचित रहेको बताउनुभयो । “मांसाहारले विश्व तापमान अर्थात् जलवायु परिवर्तनमा समेत असर गरेको छ, […]

मकैका २६ जात सिफारिस, ६ जात हटाइयो

चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले २६ जातको मकैको विउ सिफारिस गरेको छ । अहिलेसम्म ३२ जात सिफरिस गरिएकोमा ६ जातलाई सूचिबाट हटाइएको छ । मकैवाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले अहिले नेपालमा (स्थानीय) ३२ जातका र बहुराष्ट्रिय कम्पनीका (हाइब्रिड) ५४ जातका मकैका विउ सिफारिस गरिएकोमा ६ जातलाई सूचीवाट हटाइएको बताउनुभयो । ‘अहिले सम्म […]

मिर्गौलाको पत्थरीबाट छुट्कारा पाउने घरेलु उपाय

मिर्गौलामा पत्थरीको समस्या आजकाल धेरै देखिन थालेको छ । खानपान तथा दिनचर्याका कारण आजकाल लाखौं मानिस यसको समस्या बेहोर्न बाध्य भइरहेका छन् । मिर्गौलामा पत्थरी हुँदा निकै पीडा हुन्छ । कतिपयमा यो आनुवंशिक समस्या पनि हुन सक्छ । पत्थरीलाई आजकाल अपरेशन गरेर सजिलै निकाल्न पनि सकिन्छ । तर केही घरेलु उपायबाट पनि पत्थरीबाट बच्न सकिन्छ […]

नेपालमा कफी खेती र यसको सम्भावना

काठमाडौं । नेपालमा वि.सं. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले वर्माबाट बिउ ल्याएर कफी खेतीको शुरुवात गरिएको थियो । यसैक्रममा पाल्पा, स्याङजा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदी जिल्लाहरुमा कफी खेतीको बिस्तार हुँदै गयो । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा अराविका कफीको राम्रो […]

विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल सुरू भएको छ। प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको छ बुँदे निर्देशन कार्यान्वयन गर्न मातहतका निकायमा पत्राचार […]

रसुवामा साढे तीन मेट्रिक टन कफी उत्पादन

रसुवा। रसुवामा एक वर्षमा करिब साढे तीन मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा कफी उत्पादन हुने गरेको थियो। कफीको माग बढ्दै गएपछि कृषकले कफी खेती विस्तार गर्दै लगेपछि पछिल्लो समय कफी उत्पादनमा बृद्धि भएको हो । जिल्लाको सरमथली, धैबुङ, भोर्ले र लहरेपौवामा कफी उत्पादन हुने गरेको […]

स्थानीय तहको ‘प्राथमिकता’ मा परेन कृषि र पशुपंक्षि

काठमाडौं। नेपाली अर्थतन्त्रको मुख्य आधार मानिएको कृषि र पशुपंक्षि व्यवसायलाई स्थानीय निकायले प्राथमिकता नदिएको पाइएको छ। कृषिका कुल कार्यक्रममध्ये करिब ७० प्रतिशत गाउँपालिका र नगरपालिका अन्तर्गत सञ्चालित छन्। तर, ती दुवै तहमा कृषि र पशुपन्छी क्षेत्रलाई खुम्च्याउने प्रयास गरिएको छ। केन्द्रबाट करिब ३० प्रतिशत राष्ट्रिय गौरबका ठूला कार्यक्रममात्रै सञ्चालनमा छन्। संघीय मामिला तथा स्थानीय विकास […]

आयुर्वेदिक गुण भएको चम्सुर खेती प्रविधि

वनस्पति वर्गको अङ्गियोस्पर्म, गण ब्रासिकेल्स, वंश लिपिडियम र प्रजाति लिपिडियम सातिभम भनिने अनि नेपालीभाषीहरूले चम्सुर वा चौंसुर भनेर चिन्ने यो झार वर्गको उद्भिद अत्यन्तै लाभकारी उद्भिद् हो जुन हामी सागको रूपमा प्रयोग गर्छौं भने त्यसको मसिना तोरीकाजस्ता अझ साना र झिना दानाहरूलाई पनि औषधिको रूपमा धेरै अघिदेखि प्रयोग गर्दैआएका हौं। यो उद्भिद अत्यन्तै लाभकारी र […]

दैनिक ६० हजारको दही चोरी, रकम हिनामिना गर्ने ६ जनाको ग्रेड घटुवा

काठमाडौं। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै। डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र […]

भूमि व्यवस्थापन र आधुनिक कृषि विधेयक अन्तिम चरणमा

रुकुम। कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भूमि व्यवस्थापन र आधुनिक कृषि विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त विधेयक प्रदेशसभा बैठकमा पेश गरेर पारित गरिने बताए । विधेयक पारित भएपछि आवश्यक कार्ययोजना निर्माण गर्न सहज हुने उनको भनाइ थियो […]