
हामी कहाँ मौसमका हिसाबले बोडि बिशेष गरेर बर्खा तिर लगाईन्छ तर राम्रो बजारका निम्ति र बोडि औधी मन पराउनु हुने हरुले भने चाहिँ अब बेमौसमी बोडि पनि रोप्न सकिन्छ ।
बोडि पोषण तत्वका हिसाबले मानिस र माटो दुवैका निम्ति महत्त्वपूर्ण बाली हो। बोडिमा प्रशस्त मात्रामा प्रोटिन, फाईबर, फस्फोरस, आईरन, कपर, पोटासियम जस्ता शरिरलाई आवश्यक पर्ने खाद्य तत्व पाउनका साथै माटोमा यसले बाताबरणमा रहेको नाईट्रोजनलाई माटोमा मिलाएर बिरुवाले लिन सक्ने नाईट्रोजनमा परिणत गरि माटोको उर्वरता बढाउछ। त्यस्तै, छिटो झाङिने र पात चौडा हुने भएकाले भिरालो जमिनबाट माटो बगेर जान बाट रोक्न सहयोग गर्दछ।
बोडि रुखो र कम मलिलो माटो मा पनि सजिलै खेती गर्न सकिन्छ। यदि तपाईंले ४ देखि ५ झ्याङमात्र पनि रोप्नु भयो भने एउटा सानो परिवारलाई आवश्यक पर्ने सब्जीको माग पूरा गर्दछ।
ब्यवसाईक खेती गर्ने किसानहरुले भने ६०×३० से.मि. को फारकमा बीउ रोपि उल्टो v आकारको थाक्रा दिन सक्नु हुन्छ।
प्रजातिको छनोट :
१. आकाश
२. प्रकाश
३. सुर्य
यि नेपालि प्रजाती हरु :
324
YB 7
रेनु
रकेट ७७
डबल हार्भेस्ट(यी बिदेशी प्रजातिहरु हुन)
नोट: यदि तपाईं छिटो फल्ने प्रजाती चाहानु हुन्छ भने ३२४ तपाईंका लागि उपयुक्त हुन्छ। यो प्रजातीलाई यदि ३०-३५ ‘C को तापक्रम भएमा यो रोपेको लगभग ३५-३७ दिनमा टिप्न योग्य हुन्छ ।