समाचार

सूर्यमुखीफूलको खेतीमा कृषकको बढ्दो आकर्षण

पाल्पा। पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ । सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हँुदा कृषकले यसको व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । […]

बारामा एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन

कलैया। बारामा यस वर्ष रु एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ । मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बाराका कृषकले कूल […]

आधुनिक प्रविधिबारे मौरीपालक किसानलाई तालिम

लमजुङ।­ लमजुुङका मौरीपालक किसानलाई मौरीपालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।‘एक घर, एक मौरी घार अभियान, आर्थिक समृद्धिको मुहान’ भन्ने नाराका साथ लमजुुङ कृषि क्याम्पसमा गठित ‘दिगो कृषिका लागि युवा’ को आयोजना, हिर्कुश एग्रो फार्म प्रालि र गहते अर्गानिक मौरी फार्मको सहयोगमा किसानहरुलाई मौरीपालन तालिम प्रदान गरिएको हो । आवश्यक नविनतम ज्ञान, सीप, प्रविधिबारे जानकारी […]

हल्दियामा अड्कियो मल

काठमाडौँ । भारतीय रेलवेले समयमा र्‍याक नदिँदा पश्चिम बंगालको हल्दिया बन्दरगाहमा लामो समयदेखि नेपाल जाने ठूलो परिमाणको रासायनिक मल अड्किएको छ । तेस्रो मुलुकबाट आयात गरिएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका मल अड्किएका हुन् । कम्पनी र कर्पोरेसनका युरिया तथा डीएपी मल विभिन्न सप्लायरले ग्लोबल टेन्डरबाट खरिद गरी चीन तथा ओमानबाट ल्याएका हुन् । कोलकातास्थित नेपाली […]

कुचोले मूल्य नपाउँदा किसान चिन्तित

तेह्रथुम। पूर्वी नेपालमा नगदेबालीको रुपमा किसानहरुले खेती गर्दै आएको अम्लिसोको कुचोले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गएको तीन वर्षको तुलनामा यो वर्ष ७५ प्रतिशत मूल्यमा गिरावट आएपछि किसान चिन्तित भएका हुन् । व्यवसायिक रुपमा अम्लिसो खेती लगाएर जिविकोपार्जन गर्दै आएका किसान मारमा परेका छन् । विगतका वर्षमा राम्रो मूल्य पाएको अम्लिसोको व्यवसायिक खेतीसमेत […]

फिदिममा कृषि सामग्री वितरण

पाँचथर। कृषि क्षेत्रको आधुनिकीकरणको बिस्तारमा जोड दिने उद्धेश्यले पाँचथर जिल्लाको फिदिम नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बुधबार १४ वटा मिनीटिलर वितरण गरिएको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराइएको फिदिम नगरपालिका कृषि विकास शाखा प्रमुख याम संग्रौलाले जानकारी दिनुभयो । यसैगरी, फिदिम नगरपालिकाका […]

विषादीयुक्त खाद्यान्न तथा पशुपंक्षीको आयातमा नियन्त्रण गरिने

काठमाडौं। मुलुकमा उत्पादित एवं विदेशबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूल एवं पशुपक्षीलगायत गुणस्तरहीन तथा विषादीयुक्त वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने भएको छ । कृषि विकास, पशुपक्षी विकास, अर्थ र वाणिज्य मन्त्रालयका प्रमुखको आज बसेको बैठकले सरकारले तोकेको मात्राभन्दा बढी विषादीयुक्त तरकारी एवं फलफूलको उपभोग र आयातलाई निरुत्साहन गर्न त्यस्ता वस्तुलाई जफत तथा नियन्त्रण गर्ने […]

नेपालमा मौरीपालन व्यवसायको सम्भावना र अवसर

काठमाडौं । किसानहरूका लागि मित्र कीरा मौरीले विश्वका करीब आठ अर्ब मानिसले दैनिक उपभोग गर्ने तेल, दाल, चामल, फलफूल, मसला लगायतका वस्तुहरूलाई परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । बिना मौरी खाद्यवस्तु उत्पादनको कल्पना गर्न सकिन्न । विश्वमा खाद्य उत्पादन र खाद्य सुरक्षाको जिम्मा मौरीले लिएका […]

शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवर्द्धन प्रदर्शनी

काठमाडौं । उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवर्द्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट सुरु हुने भएको छ । उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गर्ने सो प्रदर्शनीमा ७५ ओटा कक्ष रहनेछ । हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु […]

देशका अधिकांश ठाउँमा पानी पर्ने

काठमाडौं । स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले बिहीबार खासगरी देशभरका पहाडी भेगमा बदली र एक÷दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघ गर्जनसहित […]