समाचार

चितवनमा कृषि संकायका पठनपाठन पुनः शुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन । जिल्लामा नै कृषि शिक्षा पढाउने उद्देश्यका साथ निरन्तर लागेको त्रिविले यसवर्ष […]

बेसारको नयाँ जात ‘कपुरकोट हलेदो २’ पत्ता लाग्यो

नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले बेसारको नयाँ जात पत्ता लगाएको छ।अदुवावाली अनुसन्धान कार्यक्रमका डा।जनार्दन गौतमले चालु आर्थिक वर्षमा बेसारको नयाँ जात ‘कपुरकोट हलेदो २’ पत्ता लगाइएको बताए। ‘मैले पत्ता लगाएर अनुसन्धान गरि पठाएको बेसारको नयाँ जात कपुरकोट हलेदो २ राजपत्रमा समेत प्रकाशित भइसकेको छ।’ किट बिज्ञ डा.गौतमले भने। उनले कपुरकोट […]

के हो चटयाङ ? चट्याङ परेका बेला कसरी जोगिने

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट […]

बाढीपीडित किसानको ५ करोड राहत रकम सिंहदरबार फर्किदै

विराटनगर । मोरङका बाढी प्रभावित किसानका लागि आएको ५ करोड रुपैयाँ राहत कर्मचारीले वितरण नगर्दा फिर्ता हुने अवस्थामा पुगेको छ । कृषि मन्त्रालयले गत असोज २२ गते पठाएको रकम कृषि कार्यालयले कर्मचारी अभाव देखाउदै वितरण गरेको छैन । राहतका लागि किसानले निवेदन दिए पनि ५ करोड ४२ लाख ५३ हजार रुपैयाँ फिर्ता हुने अवस्थामा पुगेको […]

वैशाखदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा

काठमाडौं। तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन रु अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ । तर त्यसका लागि आफनो व्यवसायीक योजना पेश गर्नुपर्ने छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा आउदो बैशाखदेखि उद्यम गर्न ऋण दिने भएको छ । नेपाल युवा तथा खेलकुद […]

जब चौंरीको गोठालो करोडपति बने !

मनाङ। नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् । विद्यालय […]

गाईपालनमा महिलाको आकर्षण बढ्दो

रामपुर । आर्थिक रुपमा परनिर्भर हुँदै आइरहेका पाल्पाका महिला पछिल्लो समय आयआर्जनका निम्ति गाईपालनमा आकर्षित बन्दै गएका छन् । गाईपालन व्यवसाय शुरु गरेपछि महिला परनिर्भर हुनुपर्ने अवस्था हट्दै गएको छ । जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका रमा घर्ती गाईपालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएको छ । उहाँ जिल्लामै गाईपालन व्यवसायमा सफल व्यवसायीका रुपमा चिनिनुहुन्छ । आज […]

केराखेतीतर्फ किसानको आकर्षण बढ्दो

बर्दिवास । महोत्तरी जिल्लाका उत्तरवर्ती क्षेत्रका किसान ‘व्यावसायिक केराखेती’तर्फ आकर्षित भएका छन् ।कम लागतमा बढी उत्पादन दिन थालेपछि जिल्लाका बर्दिवास, भंगाहा, गौशाला र औरही नगरपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । उन्नत् जातको केराखेती गरेर उनीहरु राम्रो आम्दानी लिन थालेका छन् । परम्परागत रुपमा लगाइँदै आइएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायतका केराको ठाउँमा […]

अब सिस्नो जहिले पनि बजारमा ,पाउडर उद्योग स्थापना

बाबियाचौर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् । छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रशोधन गरेर पाउडर उत्पादन गरी उनीहरुले आम्दानी गर्न थालेका हुन् । जंगलमा खेरगइरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी सिस्नो पाउडर उद्यम समूहका अध्यक्ष चौनारायण पुनले […]

प्रदूषण गर्ने सबैलाई कारवाही-मन्त्री पण्डित

भक्तपुर। जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् । भक्तपुर मध्यपुरथिमि नगरपालिका–३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको शनिबार उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे । मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर […]