समाचार

कुखुरा पहिले कि अण्डा ?

एजेन्सी। दुनियाभर एउटा अनुत्तरित प्रश्न चर्चित छ, कुखुरा पहिले कि अण्डा रु यसको ठोस जवाफ त कसैसँग छैन । कसैले कुखुरा पहिले भन्छन्, कसैले अण्डा । तर, यही नै पहिले भन्ने ठोस प्रमाण कसैसँग हुँदैन र चुपचाप लाग्छन् । यही अनुत्तरित प्रश्नको जवाफ वैज्ञानिकहरुले ठोस प्रमाणसहित पत्ता लगाएका छन् । सो प्रमाण अघि सार्दै वैज्ञानिकहरु […]

पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवद्र्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न मङ्गलबारदेखि ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । हेल्भेटास, एफआईबीएल र आईएफओएम अर्गान्स इन्टरनेसनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपालसहित पाकिस्तान, भारत, पेरु, इथियोपिया, किर्गिस्तान, जर्मनी, स्विजरल्यान्ड तथा हल्यान्डका गरी करिब १५० विज्ञको सभागिता […]

गाईको पेटमा एचआइभीको औषधि लुकेको खुलासा !

एजेन्सी। अमेरिकी शोधकर्ताहरुले एचआइभी एड्सबाट बच्ने भ्याक्सिन बनाउन नेपालको राष्ट्रिय जनावर समेत रहेको गाई सहयोगी हुने दाबी गरेका छन् । प्रतिरक्षाको बिषयमा यो जनावरले लगातार यस्तो विशेष एन्टिबडिज उत्पादन गर्छ कि जसको माध्यमबाट एचआइभीलाई समाप्त पार्न सकिने उनीहरुको दाबी छ । यस्तो मानिएको छ कि कम्प्लेक्स तथा ब्याक्टेरियायुक्त पाचनतन्त्रका कारण गाईमा प्रतिरक्षाको क्षमता ज्यादा विकसित […]

सहकारीले गाउँमै बनाए बीउ बैंक

तेह्रथुम । गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन्। गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूह मार्फत बीउ बैंक स्थापना गरेका हुन्। प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका बीउबिजन लोप हुन थालेको […]

किन खाने पाकेको फर्सी ?

फर्सी हामीले प्राय हाम्रो तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । अमेरिकामा उत्पादन सुरू भएको मानिएको फर्सी हाम्रो खानामा केहि दिन बिराएर तरकारीका रूपमा आइपुग्ने गर्छ । स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी छ फर्सी । भिटामिनको मात्रा निकै बढी पाइने फर्सीमा अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ । पहेलो भएर पाकेको फर्सी झन् फाइदा […]

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

काँकडभिट्टा। पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्रविधिज्ञले भारतबाट आयातित माछालाई छामेर र सुँघुरै जाँच्ने गरेका छन् । अरु धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रविधिज्ञले प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् । मेचीनगरका नगरप्रमुख विमल आचार्यले ‘कुनै पनि […]

कर्णाली प्रदेश अर्गानिक प्रदेश !

सुर्खेत। कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णयलाई कार्यान्वयन गर्नका लागि आधार तयार गर्न बिहीबार राजधानी […]

मनसुन सुरु, पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौं। प्रिमनसुन सुरु भएको छ । बिहीबारदेखि प्रिमनसुन सुरु भएको हो । प्रिमनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ । आज पनि देशभरीकै मौसम सामान्यतया बदली भई केहि ठाउँमा फाट्टफुट्ट […]

सिंगो देश होलीमा रमाउँदा सिन्धुपाल्चोक ढोटारका कृषकहरु तालिममै व्यस्त

सिन्दुपाल्चोक । काम गर्ने हातहरु चाड पर्व मनाउने भन्दा काममा विश्वास गर्छन भन्ने पछिल्लो उदाहरण बनेको छ सिन्दुपाल्चोक ढोटारका कृषकहरु । उनीहरु सिंगै देश होलिमा व्यस्त रहँदा कृषि उत्पादन कसरि बढाउन सकिन्छ भन्ने तालिममा व्यस्त देखिन्थे । सिंचाई विभागले आयोजना गरेको कृषि तालिममा उल्लेख्य कृषकहरुको सहभागिता रहेको थियो ।सो अवशरमा नेपाल एग्रो लाईभका कार्यकारी निर्देशक राजन गैरेले […]

सिँचाइ नहुँदा तरकारी उत्पादन घट्यो

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ । जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा कमी आएको हो । तरकारीको उत्पादनमा कमी आएपछि बजारमा व्यापारीले हारालुछ गर्न लागेको बनेपा नगरपालिका– ४ की अम्बिका दाहालले बताइन् । “गत वर्षसम्म तरकारी लिन व्यापारीलाई अनुरोध नै गर्नुपथ्र्यो, यस वर्ष […]