समाचार

सिरहामा यस वर्ष धान उत्पादन ५० प्रतिशत घट्ने, खाद्य संकटको सम्भावना

लहान।  सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ। धान रोपाइँको समयमा आएको बाढी-पहिरोका कारण उत्पादनमा गिरावट आउने भएको हो। जिल्ला कृषि विकास कार्यालयका अनुसार बाढीपहिरोका साथै धानको वृद्धि विकास हुने समयमा पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोप बढेकाले गत वर्षको तुलनामा करिब एक लाख मेट्रिक टन धान कम उत्पादन हुने […]

तरकारीको मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री कार्यालयले तरकारीको बजार मूल्य अनुगमन र नियन्त्रण गर्न निर्देशन दिएको छ । बजारमा खुद्रा तरकारीको मूल्य अत्यधिक बढेपछि प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकायलाई आइतबार यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा भएको छलफलमा कालिमाटी तरकारी बजारमा कायम हुने थोक मूल्यका आधारमा उपभोक्ता मूल्य कायम गर्र्नुपर्नेमा त्यो नभई व्यापारीले आफूखुसी गरेको […]

चिनीको मुल्य महँगो हुँदै

काठमाडौं । सरकारले भारतबाट नेपालमा आयात हुँदै आएको चिनीमा ५० प्रतिशत आयात महसुल बनाउने तयारी गरेको छ। कृषि विकास मन्त्रालयले चिनीमा १५ प्रतिशत लगाइदैँ आएको आयात महसुललाई बढाएर ५० प्रतिशत पुर्याउन अर्थ, वाणिज्य, उद्योग र आपुर्ति मन्त्रालयलाई लिखित रुपमा पत्र पठाएको छ। मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारीले नेपाल उद्योग चिनी संघको माग अनुसार ५० प्रतिशत आयात महसुल […]

मत माग्न खेत-खेतमा उम्मेदवारहरु

बेनी। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोलले गाउँबस्तीमा रौनक थपिएको छ । मुलुकका ३२ जिल्लामा पहिलो चरणमा आगामी मंसिर १० गते हुने निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका उम्मेदवार र राजनीतिक दलका नेता/कार्यकर्ता चुनावी प्रचारका लागि गाउँगाउँ पसेका छन् । बर्खेबाली थन्काउने र हिउँदे बाली लगाउने चटारोले बेफुर्सदिला बनेका ग्रामीण भेगका मतदाता उम्मेदवारका कुरा सुन्न चुनावी सभामा आउन […]

ध्रुव दरबारमा ढिंडो खाने कि ?

काठमाडौँ। राणाकालीन समयमा निर्मित दरबार तथा भवन जीर्ण बनिरहेका छन् । झन् विनाशकारी भूकम्पले यस्ता भवनलाई जीर्णाेद्वारमै समस्या आउने गरी थिलथिलो बनाइदियो । अर्कातर्फ, ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेका जीवन्त पुरातात्विक महत्व बोकेका राणाकालीन भवनलाई मर्मत तथा जीर्णोद्वार गरी आकर्षक नेपाली मौलक शैलीका होटलका रुपमा रुपान्तरण हुन थालेका छन् । तत्कालीन श्री ३ महाराजा […]

जाडो मौसममा कुखुराको व्यवस्थापन

काठमाडौं। पशुपालनमा पनि कुखुरा पालन एउटा लाभकारी ब्यवसाय हुनुका साथै कम लागतमा गर्न सकिने तथा कम समयमा फाइदा दिने एक मात्र ब्यवसाय मानीन्छ । यो ब्यवसाय संचालन गर्न धेरै ठाउँको पनि आवश्यकता पर्दैन । मुलुकको अर्थव्यवस्थामा कुखुरा पालनको महत्वपुर्ण स्थान छ । यस प्रति मानीसको रुची आदीकाल देखिनै रहदै आएको छ , यो व्यवसाय बाट साना […]

मध्यपहाडी क्षेत्रमा गहुँ छरिँदै, सिँचाइ सुविधा नहुँदा समस्या

बैतडी । बैतडीसहित मध्यपहाडी क्षेत्रमा गहुँ छर्न शुरु भएसँगै किसान गहुँ छर्ने काममा व्यस्त छन् । कात्तिक पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । गहुँ छर्ने बेलामा खेतलाई राम्रोसँग खनजोत गरी गोबर मल हालेर गहुँ छरेमा उत्पादन राम्रो हुने उहाँले बताउनुभयो […]

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

पोखरा । मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगँैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य […]

२५ हजार टन युरिया मल कोलकाता बन्दरगाहमा अड्कियो !देशव्यापी रूपमै मलको चरम अभाव हुने सम्भावना

वीरगञ्ज । नियमित आयात नहुँदा रासायनिक मलको मौज्दात सकिन लागेको छ भने भारत तथा तेस्रो मुलुकबाट तत्कालै मल आयात हुने सम्भावना नरहेकाले आउँदो हिउँद सिजनको गहुँ तथा मुसुरोजस्ता रवि तथा दलहन बालीलाई देशव्यापी रूपमै मलको चरम अभाव हुने सम्भावना देखिएको छ । हिउँदको सिजनमा मुलुककोे माग धान्न कम्तीमा तीन लाख टन युरिया र दुई लाख […]

पशुपक्षी विकाससम्बन्धी कार्यक्रम अलपत्र

काठमाडौँ। पशुपक्षी विकास मन्त्रालयले ७४४ स्थानीय तहमा पशुपक्षीको व्यावसायिक विकास गर्ने उद्देश्यले चालु आवमा रु तीन अर्ब ४१ करोड पठाएकोमा त्यसको उचित प्रयोग हुन सकेन । केन्द्रबाट स्थानीय सरकारलाई आवश्ययक रकम समयमै नपठाइएका कारण सो रकम स्थानीय तहको विकास निर्माणलगायत अन्य खर्चमा प्रयोग भएको हुँदा लक्ष्यअनुसारको कार्यक्रममा खर्च हुन नसकेको हो । स्थानीय तहदेखि नै […]