उखुको भुक्तानी माग्दै किसान आन्दोलित
सर्लाही। उखुको भुक्तानी माग गर्दै सर्लाहीका किसान आन्दोलित भएका छन् । उखु बिक्रीबापतको पैसा नपाएपछि उनीहरुले शुक्रबार इन्दुशंकर चिनी उद्योग हरिवनको मूलगेटमा कालोझन्डा गाडेका हुन् । उखु बिक्री गरेको लामो समयसम्म पनि उद्योगले भुक्तानी रोक्दा व्यवहार धान्न समस्या भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसानहरुको भनाइ छ । उखु उत्पादक समिति र नेपाल उखु उत्पादक किसान […]





