समाचार

प्रदेश नं. ७ मा कुखुरा व्यवसायमा अरबौँको लगानी

धनगढी । प्रदेश ७ को कैलाली र कञ्चनपुरमा कुखुरा व्यवसायमा अरबौँको लगानी भएको छ । कुखुरा व्यवसायको क्षेत्रमा कैलाली चितवन पछि देशकै दोस्रो स्थानमा पर्न थालेको छ । कैलालीमा मात्रै यो व्यवसायमा करिब ३ अर्ब लगानी भएको छ । ‘कैलाली र कञ्चनपुर कुखुरा व्यवसायका हब बन्दै गएका छन्,’ कैलाली कुखुरा व्यवसाय संघका अध्यक्ष तुलसी गौतमले भने, ‘कुखुरा व्यवसायको क्षेत्रमा […]

मकैको घोगामा दाना नलाग्दा किसान मारमा

निजगढ । भारतको हैदरावादबाट आयात गरिएको बीउ लगाउँदा मकैको घोगामा दाना नलागेपछि बाराका किसान मारमा परेका छन् । निजगढ नगरपालिकाको रतनपुरी र कृषि भवनटोल, कोहलवी नगरपालिकाको नयाँबस्ती र आसामटोल, जितपुुर सिमरा उपमहानगरपालिकाको रामनगर, जैतापुर र डुमरवाना, सिम्रौनगढ नगरपालिकाको बेवापुर, कोर्चोवा र भगवानपुर तथा पचरौता नगरपालिकाको कुडवा र बाजुपट्टिका किसान मारमा परेका हुन् । यस्तै, आदर्शनगर […]

किसान र गोठालाबीच झडप हुँदा दशको मृत्यु

कानो। नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दशको मृत्यु भएको छ । किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो ।नाइजेरियाका मध्य र दक्षिणी क्षेत्रमा भएका झडपहरुको अशंका […]

तरकारी र फलफूलका थोक बजार थपिँदै

काठमाडौँ। काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका सहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । थोक बजार निजी क्षेत्रले समेत सुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताए । यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा थिए । अहिले निजी क्षेत्रले समेत थोक बजार सुरु गरिरहेका छन् […]

चितवनमा कृषि संकायका पठनपाठन पुनः शुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन । जिल्लामा नै कृषि शिक्षा पढाउने उद्देश्यका साथ निरन्तर लागेको त्रिविले यसवर्ष […]

बेसारको नयाँ जात ‘कपुरकोट हलेदो २’ पत्ता लाग्यो

नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले बेसारको नयाँ जात पत्ता लगाएको छ।अदुवावाली अनुसन्धान कार्यक्रमका डा।जनार्दन गौतमले चालु आर्थिक वर्षमा बेसारको नयाँ जात ‘कपुरकोट हलेदो २’ पत्ता लगाइएको बताए। ‘मैले पत्ता लगाएर अनुसन्धान गरि पठाएको बेसारको नयाँ जात कपुरकोट हलेदो २ राजपत्रमा समेत प्रकाशित भइसकेको छ।’ किट बिज्ञ डा.गौतमले भने। उनले कपुरकोट […]

के हो चटयाङ ? चट्याङ परेका बेला कसरी जोगिने

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट […]

बाढीपीडित किसानको ५ करोड राहत रकम सिंहदरबार फर्किदै

विराटनगर । मोरङका बाढी प्रभावित किसानका लागि आएको ५ करोड रुपैयाँ राहत कर्मचारीले वितरण नगर्दा फिर्ता हुने अवस्थामा पुगेको छ । कृषि मन्त्रालयले गत असोज २२ गते पठाएको रकम कृषि कार्यालयले कर्मचारी अभाव देखाउदै वितरण गरेको छैन । राहतका लागि किसानले निवेदन दिए पनि ५ करोड ४२ लाख ५३ हजार रुपैयाँ फिर्ता हुने अवस्थामा पुगेको […]

वैशाखदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा

काठमाडौं। तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन रु अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ । तर त्यसका लागि आफनो व्यवसायीक योजना पेश गर्नुपर्ने छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा आउदो बैशाखदेखि उद्यम गर्न ऋण दिने भएको छ । नेपाल युवा तथा खेलकुद […]

जब चौंरीको गोठालो करोडपति बने !

मनाङ। नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् । विद्यालय […]