काठमाडौं। केपी ओली नेतृत्वको सरकारले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेको छ । तेस्रो पटकको मन्त्रिपरिषद विस्तारमा कृषि तथा सहकारी मन्त्रीमा चक्रपाणि खनाल र राज्यमन्त्रीमा रामकुमारी चौधरी नियुक्त भएका छन् ।

ओली सरकारको सात सदस्यीय मन्त्रीमण्डलमा एमालेका ८, माओवादी केन्द्रका ७ मन्त्री थपिएर यसको आकार २२ सदस्यीय बनेको छ। एमालेबाट ६ मन्त्री, २ राज्यमन्त्री, माओवादीबाट ५ मन्त्री र २ राज्यमन्त्रीसहित १५ जनाले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए।