समाचार

धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने

धनकुटा। पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने भएको छ । उन्नती परियोजना, उद्योग वाणिज्य संघ धनकुटा र नेपाल अलैंची व्यवसायी महासंघ धनकुटा शाखाको संयुक्त लगानीमा दुई सय टन क्षमताको शीत भण्डार निर्माण गर्न लागिएको हो । शीत भण्डार निर्माण गर्न ३ करोड १४ लाख रुपैयाँ लाग्ने बताइएको छ । वस्तुको प्रकृतिअनुसार […]

तीन हजार तीन सय लघुउद्यमी तयार

तेह्रथुम । आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत तीन हजार ३४८ लघुउद्यमी तयार भएका छन् । लघु उद्यम विकास कार्यक्रम, गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र तत्कालीन जिल्ला विकास समितिअन्तर्गत जिल्लामा लघुउद्यमी तयार भएका हुन् । सो कार्यक्रमले उद्यमशीलता विकासबारे ज्ञान प्रदान गरी आयमूलक व्यवसायमा लाग्न प्रेरित गर्दै सीपमूलक […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि न्यून बजेट प्रस्ताव

काठमाडौं। कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयअन्तर्गतको सबैभन्दा ठूलो कार्यक्रमका रूपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आगामी आर्थिक वर्षमा आवश्यकताको आधा रकम बराबरमात्रै बजेट प्रस्ताव गरिएको छ। परियोजनालाई निरन्तरता दिनका लागि आगामी आर्थिक वर्षमा ९ अर्ब २ करोड रुपियाँ बराबर रकम आवश्यक पर्ने देखिन्छ। तर, मन्त्रालयलाई प्रँप्त बजेट सिलिङअनुसार परियोजनाका लागि साढे ४ अर्ब […]

तरकारीमा बिचौलियाको सिन्डिकेट

काठमाडौँ। किसानको खेतबाट २० रुपियाँमा किनिएको तरकारी आम उपभोक्ताको भन्सासम्म पुग्दा ८५ देखि सय रुपियाँ कसरी पुग्छ त्यसको बिचौलिया ‘चेन’ एक अध्ययनले फेला पारेको छ । किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुगेपछि मात्र किसानले पाउने मूल्य तोक्छ । अन्त्यमा कुहिएर, बिग्रिएर कम मूल्यमा बिक्री हुने तरकारीको […]

युवा टर्की पालनतर्फ आकर्षित

म्याग्दी। पछिल्लो समय युवा वर्ग स्वादेशमै मेहनत गर्न थालेकाछन् । म्याग्दी बेनीका युवाले यति बेला गाउँमै नयाँ कामको थालनी गर्न थालेकाहुन् । बेनी नगरपालिका हुलाकीडाँडाका ईश्वर केसीले जिल्लामै पहिलो पटक टर्की जातको पक्षी पालन गर्नुभएको हो । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राख्नुभएका केसीले डेढ वर्षअघि पाल्पाबाट १२ वटा चल्ला ल्याएर टर्की पाल्न शुरु […]

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

टम्पा। आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ ।लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो । माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधीवद्र्धक पदार्थ आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् । […]

आयातित चिनीको मूल्य बढ्ने, भन्सार शतप्रतिशत प्रतिशत बढ्यो

काठमाडौं। सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । चिनीको हाल भन्सार मूल्य १५ प्रतिशत कायम रहेको छ । नयाँ भन्सार मूल्य अब […]

बाख्रा अनुसन्धान केन्द्रमा पाठापाठी तयार

तनहुँ । तनहुँको बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी उन्नत जातका बाख्राका पाठापाठी तयार गरेको छ । केन्द्रले चालु आर्थिक वर्षमा १६५ बटा विभिन्न प्रजातिका बाख्राका पाठापाठी तयार गर्ने लक्ष्य निर्धारण गरेको भएपनि अहिलेसम्म १८२ भन्दा बढी पाठापाठी केन्द्रमा तयार भैसकेका छन् । अझै बाँकी ३ महिनामा १५ वटा जति थपिने अपेक्षा केन्द्रले लिएको […]

चन्द्रमामा फूल !

एजेन्सी। चीनका वैज्ञानिकले चन्द्रमामा फूल र आलु फलाउने योजना सार्वजनिक गरेका छन् । चीनले चन्द्रमामा गर्न लागेको पहिलो जैविक अनुसन्धान ‘चाङ् इ फर लुनर’ यानमार्फत यी योजना सार्वजनिक गरेको हो । यो यानमा चीनले आलु तथा ‘अराबिडोप्सिस’ नामक फूलको बिजन र रेशम किराको अण्डा चन्द्रमामा पठाउने योजना बनाएको छ । चिनियाँ विश्वविद्यालयले चन्द्रमामा गरिने यो […]

बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी बढ्यो

जाजरकोट। यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौंको राजश्व घाटा लागेको छ । जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च […]