धनकुटा। पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने भएको छ । उन्नती परियोजना, उद्योग वाणिज्य संघ धनकुटा र नेपाल अलैंची व्यवसायी महासंघ धनकुटा शाखाको संयुक्त लगानीमा दुई सय टन क्षमताको शीत भण्डार निर्माण गर्न लागिएको हो ।

शीत भण्डार निर्माण गर्न ३ करोड १४ लाख रुपैयाँ लाग्ने बताइएको छ । वस्तुको प्रकृतिअनुसार शून्य डिग्रीदेखि ५० डिग्री तापक्रमसम्ममा कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने छ ।

शीत भण्डार निर्माणपछि अदुवा अलैंचीसहित फलफूल, तरकारी बाली, दुग्धजन्य उत्पादनलाई सिजनमा भण्डारण गरी अफ सिजनमा बिक्रि बितरण गर्न सकिने जनाइएको छ ।

यो भण्डारबाट कृषकलाई निकै फाइदा पुग्ने शीत भण्डार निर्माण समितिका अध्यक्ष लाखमान घिसिङले जानकारी दिए ।